Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

पैसा तयार पारी राख्नुस, डिस होम, चन्द्रा गिरी हिल्स र मध्य भोटेकोसीको आईपीओ स्वीकृत हुने अन्तिम चरणमा

सर्वसाधारणमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानी गर्ने आकर्षण निकै बढ्दै गएको छ ।
यहि साता बाँ’ड’फाँ’ट भएको जनरल इन्स्योरेन्सको प्रारम्भिक निष्कासनमा करिब ८ लाख योग्य आवेदन परेको थियो ।
अहिले पनि २१ गतेबाट सानिमा जनरल इन्स्योरेन्सको आईपीओ खुलेको छ । उक्त इन्स्योरेन्सको आईपीओमा २ दिनमा
नै साढे ५ लाखभन्दा बढी आवेदकले आवेदन दिइसकेका छन् ।

नेपाल धितोपत्र बोर्डले विशव लगा’नी कर्ता सप्ताह मनाइरहेको छ । अहिले पनि करिब एक दर्जन कम्पनी नेपाल धितोपत्र
बोर्डमा आईपीओ नि’ष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

जसमध्ये केही कम्पनी बोर्डबाट धितोपत्र नि’ष्कासनको स्वी’कृति पाउने अन्तिम चरणमा छन् । केही कम्पनीले भने आवेदन
दिएको वर्ष वित्तिसक्दा पनि आवश्यक कागजात पूरा गर्न नसक्दा बोर्डमा फाइल त्यतिकै अड्केर बसेको छ ।

वास्तविक क्षेत्रका केही कम्पनीको साथै हाइ’ड्रोपावर र बि’मा क्षेत्रका केही कम्पनीले भने अबको केही समयमा नै बोर्डबाट
अनुमति पाएर आईपीओ निष्का’सन गर्नेछन् । नेपाल धितोपत्र बोर्डका सहपव्रक्ता तथा उपका’र्यकारी निर्देशक रुपेश केसी
चन्द्रागीरि हिल्स, डिस मिडिया नेटवर्क, रुरु जलविद्युत कम्पनी, मध्य भोटेकोसी हाइ’ड्रोपावर लगायत केही कम्पनीको
आवेदन अध्ययन गरेर बोर्ड अपुग भएका डकु’मेन्ट माग गर्दै कमेन्ट पठाएको बताउँछन् । यस्तै गत साता बोर्डमा आवेदन
दिएको प्रभु लाइफको पनि बोर्डले अध्ययन गरिरहेको उनले बताए । यी कम्पनीको आईपीओ स्वीकृत केही समयमा नै
हुने सम्भावना रहेको बोर्ड स्रोतले जनाएको छ ।

बोर्डमा आवेदन दिएको केही कम्पनीले भने वर्षौ बिति सक्दा पनि आवश्यक कागजात नपुर्‍याउँदा आईपीओ निष्कासनको
स्वीकृति पाउन सकेका छैनन् । अहिले बोर्डमा १५ वटा कम्पनीको ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ
बराबरको ४ करोड ४४ लाख ७३ हजार ७६ कित्ता आईपीओ पाइप लाइनमा रहेको छ ।

एक मर्चेन्ट बैंक, एक बिमा, २ वास्तविक क्षेत्रका एक अन्य क्षेत्रको कम्पनी र १० हाइड्रोपावर कम्पनीले बोर्डमा आईपीओ निुष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । जसमध्ये हालै प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमतिको लागि बोर्डमा आवेदन दिएको हो। कम्पनीको आवेदनमाथि अध्ययन सुरु भएको बोर्डले जनाएको छ ।

यस्तै रुरु जलविद्युत कम्पनी र डिस मिडिया नेटवर्क तथा चन्द्रगिरी हिल्स र मध्य भोटेकोसी हाइड्रोपावरको आवश्यक अध्ययन सकेर बोर्डले अपुग डकुमेन्ट माग गर्दै कमेन्ट पठाएको र केहीको कमेनट पनि आएको नेपाल धितोपत्र बोर्डको सहप्रवक्र केसीले बताए ।

यस्तै सीबीआइएल क्यापीटल इमर्जिङ नेपाललगातका केही हा’इड्रोपावरको भने कमेन्ट पठाए पनि एक वर्षभन्दा बढी समय पुग्दा पनि त्यसको रिप्लाई नआएको उनले बताए । बोर्डले आफ्नो काम न’रोकेको तर केही कम्पनीबाट रिप्लाई नआउँदा आईपीओको आवेदन वि’चाराधिन नै रहेको उनले बताए ।

यसबाहेक पनि अन्य ८ वटा लाइफ इन्स्यो’रेन्ससँगै केही लघुवित्त र हा’इड्रोपावरले पनि आईपीओ निष्कासनको लागि बिक्रि प्रबन्धक नियुक्त गरिसकेका छन् । बिमा कम्पनीहरुलाई आईपीओ नि’ष्कासनको लागि पूरा एक आर्थिक वर्षको अडिटेड ब्यालेन्स सिट आवश्यक पर्ने र नेपालमा एक्चुअर नहुँदा एक्चुअरी भ्या’लुएसनमा ढिलाइ भएकोले बोर्डमा आवेदन दिन ढिलाइ भएको कतिपय कम्पनीले जनाएका छन् । यद्यपि महालक्ष्मी लाइफबाहेक अन्य लाइफ इन्स्योरेन्सको भने चालु आर्थिक वर्षमा नै आईपीओ आउने करिब पक्का छ ।

बार्हखरी बाट साभार गरीयको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!