Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

दिनमा करिब तीन सय कोरोना सं’क्र’मितलार्इ निःशुल्क खाना खुवाउँछन यि ब्यक्ती

सामान्य अवस्था हुन्थ्यो भने विक्रम भँडेल यतिबेला औषधि बेच्नमै व्यस्त हुन्थे । डेढ महिनायता भने उनी महाराजगन्ज स्थित
त्रिवि शिक्षण अस्प’ता’लमा भर्ना भएका कोरोना सं’क्र’मितलाई निःशुल्क खाना बाँड्दै आएका छन् । ‘यो महा’मा’री मेरो लागि समाज
सेवा गर्ने अवसर बन्यो,’ उनले भने ।

२० वर्षीय उनी पेसाले स्वा’स्थ्यकर्मी (फ’र्मासिस्ट) हुन् । हाल दिनमा करिब तीन सय सं’क्रमि’तका लागि खाद्य सामग्री जुटाउने र निःशुल्क
खाना वितरण गर्ने काममा जुटिरहेका छन् । त्रिवि शिक्षण अ’स्प’तालमा ६० भन्दा बढी स्वा’स्थ्यकर्मी सं’क्रमि’त भएको थाहा उनले पाए ।
ती ‘स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्यु’टी गर्छन्, घर जान पाउँदैनन् र क्वा’रेन्टा’इनमा बस्छन् भन्ने सुनेपछि उनको मन शान्त रहन सकेन । भिडियो हेर्नुस

‘महामा’रीमा स्वा’कर्मी बचाउनु भनेको धेरै बिरामीलाई सं’क्रम’ण मुक्त गराउनु हो,’ उनले भने, ‘स्वा’स्थ्यकर्मी नै स्व’स्थ भएनन् भने
भोलि संक्र”मण नि’यन्त्रण बाहिर जान्छ जस्तो लाग्यो ।’ घरमा सल्लाह गरेर उनले आफूसँग भएको १५ लाख रुपैयाँ कोरोना सं’क्र’मित स्वा’स्थ्यकर्मी र बि’रामीको खानामा खर्च गर्ने निर्णय गरे ।

अस्पताल प्रशासनसँग अनुमति मागेको १५ दिनपछि उनले खाना पकाउन सुरु गरे । अस्प’ता’ल नजिकैको भवनमा मासिक १ लाख तिर्ने
सर्तमा एक तला भाडामा लिए । पकाउने भाडा लगायत सामग्री जुटाएर काम गर्न थाले । ‘खाना पकाउने ५ जना सेफ र व्यवस्थापन
मिलाउने कर्मचारीलाई गरी मासिक ३० हजार तलब दिने गरेको छु,’ उनले भने, ‘बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाउने जिम्मेवारी मेरो रहेको छ ।’

अस्प’ता’लमा को’भिडका लागि छुट्याइएको ज्व’रो क्लि’निक, आक’स्मिक कक्ष, शल्य’कक्ष, पी’सीआर गर्ने ल्याब, आइसोलेसन कक्ष,
आ’ईसीयू, रिपोर्ट दिने काउन्टरका स्वास्थ्यकर्मी र भर्ना भएका सबै बि’रामीका लागि उनी खाना जुटाउँछन् । अस्प’ता’लकै पोषणविद्
डा. रेणु यादवले संक्रमितका लागि तयार गरेको तालिकाअनुसार उनको भान्सामा खानेकुरा पाक्ने गरेको छ । ‘साताको चार दिन
माछामासु पाक्छ, व्रत बस्नेलाई सादा खाना, खिर र पुरी पनि हुन्छ,’ भँडेलले भने, ‘खाजामा चटामरी, पास्ता, रोटी तरकारी पाक्छ ।’

४५ दिनको खाना, कर्मचारीको तलब र कोठा भाडामा ३१ लाख खर्च भइसकेको उनले सुनाए । एक्लै अभियान सुरु गरे पनि उनलाई
सघाउने सहयोगीहरू बढिरहेका छन् । साथीभाइ र आफन्तले सहयोग गर्छन् ।

आर्मी श्रीमती संघबाट खाद्यान्न र नेपालमा रहेका श’रणा’र्थीका लागि काम गर्दै आइरहेको यूएन एच सीआरबाट संक्र’मि’तका लागि भेन्टि’लेटर
प्राप्त भएको उनले बताए । ‘मेरो उहाँहरूसँग चिनजान थिएन तर पनि २० बोरा चामल, दाल र अरू खानेकुरा दिनुभयो,’ उनले
भने, ‘यति धेरै सहयोग आउला भनेर मैले सोचेको थिइनँ ।’

अभियान सुरु गरेको ४५ दिन बित्दा हालसम्म उनले ३२ हजार ९ सय प्लेट खाना बाँडिसकेका छन् । बिरामी र स्वा’स्थ्य’कर्मीले
दिएको ‘धन्यवाद’ शब्दमै उनी आनन्द पाउँछन् । ‘अ’स्पता’ल प्रशा’सनबाट पनि हौसला मिलेको छ, यो अभियान ब’न्द नगर्न
भन्नुभएको छ,’ उनले भने, ‘आफ्नो क्ष’मताले भ्याएसम्म सेवा गर्न छाड्ने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!