Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

बैंकले झुक्किएर ३१ करोड खातामा हालिदियो, युवतीले सबै पैसा खर्च गरिदिएपछि भयो यस्तो

अष्ट्रेलियामा एक युवतीले बैंकको गल्तीले ३१ करोड रुपैयाँ अर्थात् ४६ लाख डलर आफ्नो खातामा हालि दिएपछि सबै पैसा खर्च गरिदिएकी छन् । उनले खातामा पैसा आएको थाहा पाएपछि सबै खर्च गरिदिएकी हुन् ।
मलेशियन छात्रा क्रिस्टीन जियाशिन ली को खातामा उक्त रकम पुगेको हो । बैंकलाई आफ्नो गल्ती महसुस हुँदा सम्म ती छात्राले सबै पैसा खर्च गरिदिएकी थिइन्। भिडियोको लागी तल थिच्नुहोला ।

२०१२ मा बैंकले छात्राको खातामा पैसा हालेको थियो तर २०१४ मा मात्र उनले थाहा पाएकी थिइन् । आफ्नो खातामा आफुले राखेको भन्दा धेरै वचत देखेर क्रिस्टीनले ११ महिना नै महंगो सामान खरिद गरेर पुरै पैसा खर्च गरिसकेकी थिइन्।

बैंकले आफ्नो गल्ती थाहा पाएपछि म्यानेजरले क्रिस्टीनलाई पैसा फिर्ता गर्न भने तर क्रिस्टीनले आफुलाई माता पिताले पठाइदिएको सम्झेर पुरै खर्च गरेको जानकारी बैंकलाई दिएकी थिइन् ।बैंकले ती युवतीमाथि मु’द्दा दा’यर गरेको छ ।

अष्ट्रेलियाको प्र’हरीले क्रिस्टीनलाई मलेशिया फर्कन लाग्दा नियन्त्रणमा लिएर एक रात जे’ल’मा राखेको थियो ।हाल भने यो विषय अदा’लतमा पुगेको छ बैंकले क्रिस्टीनाले बेइ’मानी गरेर आर्थिक फाइदा लिएको आ’रोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!