Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

केबल १३८ रुपैयाँमा पाइन्छ पुरै घर !! पत्यार लागेन ? पुरा खबर पढनुस

१३८ रुपैयाँमा पाइन्छ पूरै घर! सुन्दा अचम्मा लाग्छ तर तपाईको खाजा खाने पैसाले घर किन्न सकिन्छ है, यदी तपाई बिदेशमा हुनुहुन्छ भने! मानिसहरुलाई एउटा राम्रो घर किन्न जीवनको अधिकांश कमाइ खर्च गर्नुपर्छ ।
जीवनभरको कमाइले घर किन्न नसक्नेहरु पनि धेरै छन् । तर, युरोपेली देश इटलीमा भने मात्रै १ युरो अर्थात १३८ नेपाली रुपैयाँमा सिंगै घर किन्न पाइएको छ । इटलीको सिसिली प्रान्तमा रहेको एउटा सानो शहरमा यति सस्तो मूल्यमा घर बेचिँदैछ । भिडियोको लागी तल थिच्नुस ।

यो शहरको नाम सलेमी हो । यहाँ यति सस्तो मूल्यमा घर बेचिँदैछ भन्ने कुरा विश्वास गर्न निकै कठिन हुन्छ तर यो सत्य हो । र, यहाँ यति सस्तो मूल्यमा घर बेचिनुको पछाडि खास कारण छ ।
सीएनएनको एक रिपोर्टअनुसार पछिल्ला केही वर्षहरुमा यहाँका साना साना बस्तीहरुमा जनसंख्या निकै तब्रि रुपमा घटिरहेको छ । यही कारण यी साना बस्तीहरुमा यति कम मूल्यमा घर बेचिँदैछन् ।

यो शहरका मेयर डोमेनिको भेनुटीले सीएनएनलाई बताएअनुसार यी सबै घरहरु सिटी काउन्सिलका हुन् र पछिल्लो अफरले यहाँका घर बिक्रीमा तीब्रता आउने अपेक्षा गरिएको छ ।
यहाँका घरहरु बिक्री गर्नको लागि सडक, विद्युत, पानी, ढलनिकास जस्ता आधारभूत सुविधाको मर्मत गरी सुधार गरिएको छ ।

विगत केही वर्षयता इटलीका कैयौं शहरका नागरिकहरु पलायन भइरहेका छन् र यसरी नागरिक पलायनको अत्याधिक मारमा परेको एक शहर सलेमी पनि हो । बिक्री गर्न लागिएका घरहरु यहाँ पहिले बस्ने बासिन्दाहरुले माया मारेर त्यसै छाडेर गएका घरहरु हुन् ।
यहाँका बासिन्दाले पलायन हुने क्रममा छाडेर गएका सम्पत्ति बेच्न पहिले नै कठि नाइ भइरहेका बेला अहिले को’रोना भाइ’रसको महा’मा’रीले झनै क ठिनाइ थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!