Thursday, December 3www.babalkhabar.com : For your kind information
Shadow

Breaking News:>> तिहारकै मुखमा भोलीदेखी फेरी सार्वजनिक सवारी साधन अनिश्चितकालका लागि बन्द घोषणा !! (सुचनासहित)

भोलीदेखी सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्द ( विज्ञप्ती सहित) लकडाउनभरिको बिमा समयाअबधी बढाउनुपर्ने लगायत ९ बुँदे माग राख्दै सार्वजनिक यातायात केन्द्रिय महाँसघ नेपाल प्रदेश न १ ले सम्र्पुण सार्वजनिक यातायात बन्दको घोषणा गरेको छ ।

विश्व ब्यापी कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दिको कारण सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल प्रदेश १ ले आफ्ना माग राखी प्रदेश सरकारलाई पटक पटक ज्ञापन पत्र बुझाएर ध्यानआकर्षण गराउँदा पनि सुनुवाई नभएपछि भोली २३ आइतबारदेखि सार्वजनिक यातायातका साधन अनिश्चितकालिन बन्द गर्ने भएको छ। महासंघले १ नं. प्रदेश भरिका सम्पूर्ण रोडमा चल्ने तिनपाग्रेदेखी माथिका सबै सवारीसाधनहरु बन्द गर्ने जनाएको छ। लकडाउन अबधि प्रदेश सरकारले सार्वजनिक सवारीमा लिने सबै प्रकारको कर मिनाह गर्नु पर्ने, बैंक ब्याजदर सहुलियत गर्नुपर्ने,प्रदेश स्तरिय सार्वजनिक यातायात संरक्षण आयोग गठन गर्नुपर्ने लगायत ९ बुँदे माग रहेको छ । *** यो समाचार पुरा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

सरकारलाई पटक पटक ध्यान केन्द्रित गर्दा पनि आश्वाशन मात्र पाईयो भने समस्या जिउका तिउ नै छन्। सरकारले मौद्रिक नीति ल्याउदा यातायात ब्यबसायीको ठुलो आशा पलाएको थियो तर यसले पनि समेटन सकेन। सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश १ का महासचिव रमेश खत्रीले बताए। बन्दाबन्दीको मारमा परेका यातयात ब्यबसायी र यातायात मजदुरलाई उकास्ने मात्र राहत पुग्ने गरि नीति तथा कार्यक्रम र बजेटमा छुट्याएको हुँदा यातयात ब्यबसायीले सार्वजनिक सवारी साधन भोली बन्द गर्ने निर्णय महासचिव खत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!