Friday, December 4www.babalkhabar.com : For your kind information
Shadow

‘प्रधानमन्त्रीलाई कोरोना लाग्यो’ भन्दै यसरी लेखिएछ ट्वीट? खुल्यो यस्तो रहस्य (सम्बन्धित स्टाटस हेर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्टबाट उनलाई कोरोना भएको र निको भएको एक ट्वीट एकै छिनमा भाइरल भयो । यो कसरी भयो भनेर पहिले त सबै अचम्ममा परे । पछि एकैछिनमा यस ट्वीटको तथ्य उजागर भयो ।

यो ट्वीट सबैभन्दा पहिले पत्रकार किशोर श्रेष्ठले फेसबुकबाट सार्वजनिक गरेका थिए । उनले प्रधानमन्त्रीको ह्याण्डलबाट भएको ट्वीटको स्क्रीन सट सार्वजनिक गर्दै उनले यसबारे गम्भीर प्रश्न उठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याण्डलवाट मंगलवार दिउसो उक्त ट्वीट भएको थियो । तर यो सामाग्री एकै छिनमा डिलिट भयो । यो ट्वीट असावधानीबस प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको पाइएको छ । उनले आफ्नो ट्वीटर ह्याण्डलबाट लेखेँ भनेर झुक्केर प्रधानमन्त्रीको ह्याण्डलबाट लेखेको पाइएको हो । उनले तुरुन्तै यो ट्वीट डिलिट गरेका थिए । तर डिलिट हुनु पूर्व नै त्यो सामग्री सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । *** यो समाचार पुरा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ***

प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जाल उनको सचिवालयले चलाउँछ । तर सरकार प्रमुखको सामाजिक सञ्जाल चलाउने सचिवालयले प्रधानमन्त्रीको खिल्ली उडाउने काम गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मात्रिका पौडेल सँगै भएको फोटो प्रधानमन्त्रीको ट्विटरबाट ट्विट भएको थियो । फोटो ट्वीट हुनु ठूलो कुरा थिएन । तर त्यो फोटो संगै लेखिएको सामग्रीका कारण चर्चा भएको थियो । यसअघि राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डलबाट पनि यस्तै बिवादिन सामाग्री आएपछि उक्त अकाउन्ट नै बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!