Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

ह्वात्तै घटयो सुनको मुल्य , तोलाको यति पुग्यो

सुन तोलामा एक हजार सस्तियो,तोलाको जम्मा यती

काठमाण्डाै – सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ ।

तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो । कोरोना भाइरस विरुद्धको खोप सफल हुन लागेका खबर तथा अमेरिका नयाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक प्रभाव पार्ने यसअघिका विभिन्न निर्णयहरु उल्टाउने संकेत देखिएपछि सुनको भाउ घट्न थालेको सुन व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!