काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भी’र नैतिक प्रश्न उठाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दै आफ्नै पार्टीको सरकार वि’रुद्ध षड्यन्त्र गर्ने प्रचण्ड माथि गम्भी’र नैतिक प्रश्न उठेको बताएका हुन्।
प्रचण्डबाट आफूलाई सरकार र पार्टी सञ्चालनका क्रममा ठूलो असहयोग भएको ओलीको भनाई छ। प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको प्रस्तावको भाषा शैली र आरो’पले उनीभित्रको आक्रो’श, आग्रह, घृ’णा र कु’ण्ठा देखाएको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
यस भन्दा अगाडी अनि प्रचण्डबाट धो’का भइसकेको अवस्थामा समेत आफूले कुनै प्रश्न नगरी सहकार्य गरेको ओलीको भनाई छ। नाकाव’न्दीको समयमा बनेको सरकार प्रचण्डकै डिजाइनमा ढालिएको बारे कहिले पनि आफूले प्रश्न नगरेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रचण्ड कतै एमालेलाई मुलुकबाट किनारा लगाउने डिजाइन सहित त अगाडी बढेका छैनन् भन्ने तर्फ पनि ओलीले शं’का व्यक्त गरेका छन्।
दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा निस्तेज भएको र विलयनको बाटोमा गएको ओलीले प्रचण्डलाई स्मरण गराएका छन्। साथै प्रचण्डले आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने ल’ज्जास्पद उपायको सहारा लिएको समेत आरोप लगाएका छन्।
बिगुल न्युजबाट साभार गरीयको