Saturday, January 23www.babalkhabar.com : For your kind information
Shadow

प्याराग्लाइडिङ दुर्घ’टना : उडेकै बेला रुखको पात टिपेर यस्तो गर्दा पाइलटको ज्या’न गयो, युवती ग’म्भीर घाइते

पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घ’टनामा परे,
केही यात्रुले ज्या’न पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दु’र्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्या’न गयो ।
यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान ‘ पाइलटले ज्या’न गुमा’एको यो पहिलो पटक हो ।

यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दु’र्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दुर्घ’टनामा परिहाले पनि
यात्रु र पाइलट सामान्य घा’इते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्या’न गुमाए । यो दु’र्घटनापछि उडानका क्रममा
पाइलटले गर्ने ग’ल्तीबारे पनि बहस चल्न थालेको छ ।

अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि
गर्छन्, जसले गर्दा दुर्घ’टनाको जोखि’म बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने
गतिविधि गर्दा पनि दुर्घ’टनाको जो’खिम बढेको छ । पाइलटका उ’च्छृंख’ल गतिविधिले दु’र्घटना दोहोरिने गरेका छन् ।’

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटल
भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रो ब्याटिक गराउने गतिविधि पनि गर्छन् । यसबाट दुर्घ’टनाको
जो’खिम बढी हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उ’च्छृं’खलता भन्न सकिन्छ,’उनी
भन्छन्, ‘यसो गर्नुु मूर्ख’ता पनि हो ।’

चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला
रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबा’ही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दुर्घ’टना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हवाई खेलकुद संस्था (एनएए) का अध्यक्ष कृष्ण भण्डारी पनि पाइलटले फूल, पात टिप्ने र पानी छुने गतिविधि गर्दै आएको जानकारीमा
बताउँछन् । ‘उड्दाउड्दै पात र फूल टिप्ने, तालको पानी छुने जस्ता गतिविधि हुने गरेका छन् । ती गतिविधि गर्न नपाउने गरी कडा’इ
गर्दैछौं,’ उनी भन्छन्, ‘व्यावसायिक उडानमा एक्रोब्याटिक गराउनु गलत हो ।’

यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!