Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

सत्य बोल्ने समय आयो भन्दै सपनाले मुख खोलिन , अर्को बर्ष बीबीसीमा तपाईंहरुकै नाम आवोस

सपना रोका मगर को हुन् ? हिजोका दिनसम्म कसैले चिन्दैन थिए ।

नजिकबाट चिन्नेले घृणा गर्थे सपनालाई । उनीहरुले भन्थे, ‘छ्या, यस्तो काम पनि गर्ने हो ?’ सिमित व्यक्तिले सपनालाई ‘सा’हसी युवती’ भन्दै तारिफ गर्थे । तर, सपनालाई न तारिफको जरुरत थियो, न त कसैको घृ’णाबाट विल’चित नै थिइन् ।

विश्वव्यापी महा’मारीको रुपमा फैलिएको कोरो’ना संक्र’मण बिच पशुपति आर्यघा’टमा वेवारिसे श’व जलाइरहेकी हुन्थिन् । जलिरहेका शवको धुवाँसँगै उनी कर्ममा हराउँथिन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली १०० महिलाका रूपमा छनोट भएपछि सपनाको पहिलो भनाइ थियो, ‘के म त्यही सपना हुँ ?’ अर्थात् सुरुमा पत्यारै लागेन । तर, जब म्यासेस र मोबाइलमा बधाईका घण्टी बज्न थाल्यो, तबमात्र उनी सपनाबाट व्यूझिन् ।

र, एउटा कुनामा लुकेर आँसु खसाइन् । त्यो आँसु खुसीको नभएर आफ्नो विगत र वर्तमानको थियो उनको । ‘त्यो क्षण मलाई सपनाजस्तै लाग्यो’ एक अन्तर्वातामा भनेकी छन्, ‘नेपालीले नबुझेपनि मेरो काम विश्व (बीबीसी)ले बुझेको रै’छ । भोलीका दिन पनि मेरो कामको यसरी नै सम्मान हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!