सवारी चालक अनुमति पत्रको मापद’ण्ड परिवर्तन हुने भएको छ। यातायात व्यवस्था विभागले अहिलेको क’डा मापद’
ण्ड परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
यो प्रस्ताव अनुसार कुनै सानो ग’ल्तीले ट्रा’यल फेल नहुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर
हमालले सेतोपाटी लाई जानकारी दिए।
‘अहिले ट्रा’यल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुन्छन्। राम्रोसँग सवारी साधन चलाउन जान्नेहरू पनि सामान्य ग’ल्तीमा
फे’ल हुँदा बिचौ’लि याकहाँ जाने सम’स्या देखियो। त्यही भएर अलि सहज बनाउन यो काम गर्न लागिएको हो,’ उनले भने।
हमालका अनुसार नयाँ प्रस्तावमा ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेल निधो गरिनेछ। ट्रायल सुरूवातकै ‘एट
(८)’ मा छिरेदेखि ट्रा’यल पूरा गरेर ननिस्किउञ्जेल सम्म विभिन्न प्यारामिटरमा अंक बाँडिनेछ।
यो ट्रा’यलको पूर्णाक १०० हुने र ६० आउनेहरू पास हुने उनले जानकारी दिए। प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे
हाल छलफल चलिरहेको उनले बताए।
‘अहिले हेल्मेटको लक नलगाए पनि ट्राय’ल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन्। त्यस्तै ८ कटाएको
निश्चित अंक हुनेछ। यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ हमालले भने।
समग्रमा ट्रा’यलका सानातिना क’डा निय’म अलि खुकुलो बनाउन लागिएको उनको भनाइ छ। त्यस्तै लिखित परीक्षाको ढाँचा पनि
केही परिवर्तन हुने उनले बताए।
‘५ सय वा एक हजार प्रश्नका सेट हामी सुरूमै सार्वजनिक गर्नेछौं। प्रश्न त्यहीँ भित्रबाट मात्रै सोधिनेछन्,’ हमालले भने।
योसँगै विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम पनि
हटा’उन लागेको छ।
यसको लागि सर्भ’र क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको हमालले जानकारी दिए।
‘सेवाग्राहीबाट फारम भर्न क’ठिन भयो भन्ने गुना’सो धेरै आयो त्यसकारण अन’लिमिटेड बनाउन लागेका हौं,’ उनले भने।
तयारी पूरा भए यही बिहीबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने उनले जानकारी दिए।
यसरी फारम भर्दा एकैपटक धेरैले भरे पनि सिस्टमले ‘वेटिङ’मा राखेर बायोमेट्रिकको मिति तोक्ने उनले बताए।
या’तायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापद’ण्ड पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि लाइसेन्स आवदेन खुला गरेको थियो। आवेदन खुला भए पनि कोटा सिस्टम फारम भर्नेहरू अधिक भएकाले अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए।
कसरी भर्ने अनलाइन फारम?
विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राति १० बजेसम्म फारम भर्न सक्नेछन्।
अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।
पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सब
भन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रे’सनमा जाने।
नयाँ पेज देखिएपछि क्याटो’गोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको ब
टनमा क्लिक गर्ने।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफू’लाई पायक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने।
त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ। त्यहाँ ओकेमा क्लिक गर्ने। र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको
फारम भरिन्छ।