Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

बिहेको खबरले छक्क सुनिता, जान्नुहोस कारण

गायिका सुनिता दुलालको बिवाहको खबर एक कान, दुई कान, मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो । त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए ।

धेरैले अनुमान समेत गरेका थिए, उनको विवाह भैसक्यो । तर, यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी छिन ।आफ्नो बिवाहको खबरले आफै आश्चर्यमा परेको सुनिताले बताइन् । अनलाइनखबरसँगको कुराकानीमा सुनिताले भनिन्–‘त्यो हल्लामात्रै थियो । त्यो दिन मेरो भाइको बिहे हुँदै थियो तर मेरो भनेर हल्ला भएछ ।’

सुनिताले तत्काल बिहेको कुनै योजना नरहेको बताउँदै आफू प्रेममा पनि नरहेको अनलाइनखबरसँग बताइन् । उनले भनिन्–‘म सिंगल छु । बिहेको साइत कहिले जुर्छ, थाहा छैन । तत्काल कुनै योजना पनि छैन ।’ उनले बिवाह योजना बनाएर हुने कुरा नभएको समेत बताईन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!