Friday, March 5www.babalkhabar.com : For your kind information
Shadow

वृद्धाभत्ता छिट्टै मासिक पाँच हजार पुर्याउने उपप्रधानमन्त्रीको घोषणा !

ओखलढुङ्गा – उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

चिशङ्खुगढीमा नेपाल कम्यु’निष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा
गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् ।

गत आर्थिक वर्षबाटै सामाजिक सुर’क्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले वि’रोध जनाएका कारण
त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे।

पोखरेलले काम गर्न नदिएर सरकारलाई अस’फल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए। विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व
ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए। सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए। ओखलढुङ्गा सहितका पहाडी जिल्लामा
खानेपानीको अभा’व देखिएकाले त्यसको समा’धा’नमा सरकार जुटेको बताए। प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि
बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बा’धक बनेको आरोप लगाए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिए। उनले प्रचण्ड–नेपाल
समूहले फो’हो’री खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताए। प्रधानमन्त्रीको कदम असं’वै’धानिक
बताउने समूह नै विधि वि’धान भन्दा फरक बाटोमा गएको उनले आ’रो’प लगाए ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा
जानकारी गराएका थिए । उनले चिशङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय
सरकारले अपेक्षित काम गर्न नसकेको बताए ।

ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशङ्खुगढीका नेकपा नेता अशोक थापाले बताए ।
उनका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!