Saturday, February 27www.babalkhabar.com : For your kind information
Shadow

भिड ठुलो देखाउने नि’हुँमा भ’ड्कि’लो खर्च, एक बस मान्छे ओसारेको यति सम्म तिर्ने रहेछन् !

काठमाडौं । ‘अहिले देख्दा भ्रष्टा’चार रोकिँदैन, एउटा वडाध्यक्षको चुनाव लड्न एक करोड ख’र्च गर्नुपर्ने अवस्था छ, अनि कसरी
रोकिन्छ भ्रष्टाचार’, यी भनाई पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका हुन् । चन्दकै भनाई जस्तै जस्तै छ नेपालको राजनीति र निर्वाचन ।

प्र’तिनिधिसभा वि’घ’टनपछि नेपालको राजनीतिक एकाएक तातेको छ । दलहरुले दैनिक जसो ‘प्रर्दश’न र शक्ति देखाउने काम गरिरहेका
छन् । निर्वाचनमा समेत चर्को लगानी गरेका दलहरु पछिल्लो पटकका प्रर्द शनमा पनि निक्कै चर्को ख र्च गर्नुपर्ने तथ्यहरुले देखाउछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले राजधानी सहित देशका विभिन्न भागमा पटक पटक शक्ति प्रर्दशन गरेका छन् ।

तर, शक्ति प्रर्दशनका लागि कति खर्च भयो भनेर कुनै पनि दलले सार्वजनिक गरेका छैनन् । सरकारमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपा वा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपा दुवैले अहिलेसम्म हिसाबकिताब देखाउन चाहेका छैनन् ।

दलहरुले जनताको बीचमा जानु लोकतन्त्रको सुन्दर पक्ष हो । तर, भि’ड ठुलो देखाउने निहुँमा भ’ड्कि’लो खर्च गर्नु राजनीतिकै लागि प्र’त्युपादक हुन्छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

राजधानीमा आयोजना भएका चार वटा आमसभा मध्ये तीन पटक दाहाल–नेपाल खेमा र अर्को एक पटक ओली खेमाले गरेका छन् ।
ति आमसभामा करिब चार देखी पाँच करोड खर्च भएको नेकपाकै नेताहरु बताउछन् ।

दुवै पक्षले राजधानी बाहिरबाट ठुलो संख्यामा
बसमा मानिसहरु काठमाडौं लिएर आएका थिए । प्रदेश–२, बागमति, गण्डकी र लुम्बिनी प्रदेशसम्मबाट बसमा कार्यकर्ता ओसारेका थिए ।

दुवै पक्षको कार्यकर्ता बाराबाट ओसारेका बस चालक महोत्तरी साम्सी गाउँपालिकाका रामबाबु ठाकुरले एक आउँदा जाँदा ४० हजार
लिने गरेको बताए । शुरूमा दाहाल–नेपाल पक्षको सभाका लागि मान्छे बोकेका उनले दोस्रोपटक ओली पक्षको सभाका लागि पनि
मान्छे ल्याए । तेस्रोपटक सभाका लागि काठमाडौं आएका उनले एक पटकको गाडी भाडा ४० हजार रुपैयाँ लिने गरेको बताए ।

५० वटा गाडी सँगै आएको उनले बताए । दुई सिटमा ४ जनासम्म बसेर आएको उनले जानकारी दिए । उनले २० हजार रुपैयाँ
अग्रिम लिएका रहेछन् । उनले भने अनुसार मान्ने हो भने ५० बसको भाडामात्रै २० लाख देखिन्छ । उनि जस्ता गाडी लिएर
आउनेको संख्या निक्कै ठुलो थियो । राजधानी आसपासका जिल्लाबाट आउनेको गाडी भाडा कम भएको देखिन्छ ।

औसतमा १५ हजारदेखी ४० हजार रुपैयाँसम्म प्रति बस खर्च हुने देखिन्छ । काठमाडौं आएपछि खानाको व्यवस्था पनि पार्टीहरुले
गरेका थिए । काठमाडौं उपत्यकामा रहेका क्याटरिनले प्रतिव्यक्ति कम्तिमा दुई सयदेखी तीन सय रुपैयाँसम्म खर्च भएको देखिन्छ ।

दुवै पक्षले विपक्षको गरेको आंकलन अनुसारकै मान्छे आएको मान्ने हो भने पनि १५ हजार बाहिरबाट आएको अनुमान लगाउन
सकिन्छ । १५ हजारलाई ३० देखी ४५ लाख रुपैयाँसम्म खर्च खानामा गरेको देखिन्छ । जसले गर्दा एउटा सभामा सामान्य
खर्च गर्दा पनि एक करोडले नपुग्ने देखिन्छ ।

यसैगरी मञ्च, सजावट, पार्टीका झण्डा, साउण्ड सिस्टम लगायतको खर्च हुने नै गर्छ । सभामा आएका कतिपयले त
आफुहरुलाई ख’र्च समेत दिएको बताएका थिए । त्यसको हिसाब कति हुन्छ अहिलेसम्म कसैले पनि यकिन गर्न सकेका छैनन् ।

दलहरुले सभा गरेपनि त्यसको आ’र्थिक पाटोको पार’दर्शी जनतालाई देखाउनुपर्ने हुन्छ । दलहरुले पारद’र्शीता अपनाएमात्र
जनताको समेत मन जित्न सक्ने देखिन्छ ।

कतिपयले यस्ता खर्च उठाउन द’लहरुले स’त्तामा रहँदा भ्र’ष्ट’चार गर्ने वा बाहिर रहँदा कुनै व्यापारीसँग लिने र पछि उनिहरुका अवै
ध काम सरकारमा रहँदा गर्ने आ’रो’प लाग्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!