Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए।

काठमाडौं : फागुन १५ गते अर्थात् आजैका दिन हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएका थिए। यो दिनलाई स्मरण गर्दै आज अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उनको योगदानको स्मरण गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ट्वीटमार्फत दिवंगत अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ। क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ट व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका हुन्।

वि.स २०७५ फागुन १५ गते ताप्लेजुङको फुङ्लिङस्थित सिस्नेभिरमा घटेको हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधन भएको थियो।

एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रिइ कलसाइनको हेलिकोप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!