Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

जसपा र कांग्रेस मिल्दा समेत पनि केपी ओलीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो

कैलाली, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको बताउनुभएको छ ।

File Photo

महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुनःस्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उहाँकै पार्टी नेकपासँग मात्रै रहेको छ, महतोले भन्नुभयो ।

आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताउदै उहाँले भन्नुभयो ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो ।’

साथै उहाले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको आरोपसमेत लगाउनुभयो । ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुपर्‍यो नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!