Sunday, April 11www.babalkhabar.com : For your kind information
Shadow

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन

काठमाडौं, १९ फागुन  । नेपाल कम्युनिष्ट पार्टी (नेकप) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

यस्तै बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने प्रचण्ड–माधव समूहको माग छ ।

तर प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!