Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

जेठ देखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास

आगामी जेठ १ गतेदेखि आफ्नै सवारीसाधन प्रयोग गरी दुईपाँग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन पाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७
मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट यस्तो व्यवस्था लागू हुने भएको हो ।

यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलीकरण
गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो ।

नयाँ व्यवस्था अनुसार सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गर्न लागेको हो ।
त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ ।

नयाँ निर्देशिका अनुसार परीक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् । नयाँ निर्देशिकाले मोटरसाइकल,
स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परीक्षाको स्वरुप परिमार्जन गरेको हो ।

लिखित परीक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५र५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ ।
विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यही मध्येबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परीक्षामा उत्तिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।

नयाँ नियम अनुसार आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई
पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्ति गरे फेल हुने छ ।

यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ ।

उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वत फेल हुने छ । सवारी साधन निरीक्षण नगरी चलाएमा ३
अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ । यसरी समग्रमा प्रयोगात्मक परीक्षामा
६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् ।

गन्डकी न्युजबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!