Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

शिवपुरी–नागर्जुन निकुञ्जमा भीषण डढेलो , निभाउन हेलिकप्टरबाट पानी

२९ चैत, काठमाडौं । शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकोप्टर बोलाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले अनलाइनखबरलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!