Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

अन्तत : हवाई उडान बन्द गर्ने बिषयमा मन्त्रिपरिषद्को आयो यस्तो निर्णय

काठमाडौँ — सरकारले सोमबार मध्यरातदेखि आन्तरिक र बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण भयावह रूपमा बढेको निष्कर्ष निकाल्दै आइतबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बताइन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेका आधारमा सरकारले उडान रोक्ने निर्णय गरेको हो । ‘२२ गते रातिदेखि भारतसहित सबै अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाउने निर्णय भएको छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रिपरिषद् बैठकलगत्तै भने ।
मन्त्रिपरिषद् बैठकअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सीसीएमसीबाट आन्तरिक उडान बन्द गर्ने प्रस्ताव आएकाले तत्कालका लागि उडान बन्द गर्नुपर्ने अवस्था आइलागेको बताएका थिए । काठमाडौंबाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइरहेकाले बढीमा वैशाखभर वा ७ देखि १५ दिन ट्रायलका रूपमा आन्तरिक उडान बन्द गरिने उनको भनाइ छ ।

साभार : ekantipura

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!