Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

प्रचण्डसँग यस कारण अब कोही पाटिमा बस्न सक्दैन भन्दा प्रचण्ड यसरी भए भबुक

काठमाडौं । ‘पुष्पकमल दाहाल प्रचण्डसँग अब कोही बस्न सक्दैन, अहिले सँगै भएकाहरुले पनि साथ छोड्दै जान्छन्’ – रौतहटको कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाह भन्नुहुन्छ ।

एमालेमा लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सियाराम लगायत रौतहटका स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्नुभएको थियो । बस्नै नसक्ने भएपछि आफूहरुले प्रचण्डको साथ छोडेको सियाराम बताउनुहुन्छ ।

प्रचण्डसँग नेताहरु बस्न नसक्नुको कारण बताउँदै सियारामले भन्नुभयो – ‘सबथोक मै मात्र हूँ भन्ने अंहकार प्रचण्डमा छ, जुट होइन फुट उहाँको एजेण्डा नै बनेको छ, पदमा मात्रै ध्यान छ, त्यसैले अब उहाँसँग कोही बस्न सक्दैनन, बसेकाले पनि विस्तारै साथ छोड्दै छन् ।’

प्रचण्डको खराब बानीकै कारण आफ्नै गुरु भन्नेहरुले पनि उहाँलाई छाडेर गएको बताउनुभयो । सियारामले प्रश्न गर्नुभयो – ‘तपाईसँग को बस्न चाहान्छ ? तपाईं कसैको भलो चाहानुहुन्न, देशको विकास चाहानुहुन्न, सबैको दुरगति होस भन्ने मात्र चाहानुहुन्छ, त्यसैले त तपाईंलाई काँधमा बोक्नेहरुले समेत छोडेर गए ।’

माओवादीबाट चुनाव जितेर कटहरीयाको मेयर बन्नुभएका सियारामले एमालेमा भविष्य देखेर गएको स्पष्ट पार्नुभयो । ‘एमालेमा भविष्य देखेँ,माओवादी छोडेँ मैले के बिराएँ ?’– सियारामले प्रश्न गर्नुभयो । माओवादी केन्द्रले रौतहटको विभिन्न स्थानीय तहका पाँच उपप्रमुख र दुई प्रमुखको पद खारेज गर्न निर्वाचन आयोगमा पत्र पठाएको छ । सियारामको पद पनि खारेज गर्न निर्वाचन आयोगमा पत्र पुगेको छ ।

आयोगको निर्णयपछि कानुनी उपचार खोज्ने सियाराम बताउनुहुन्छ । ‘कानुनले दिए पदमा बस्छु, नभए पद त्याग्छु, पद नै सबैथोक होइन, बाहिर बसेरपनि काम गर्न सकिन्छ – उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली देश बनाउने नेता भएकाले उहाँको पक्षमा आफू उभिएको सियारामले बताउनुभयो । ‘शान्ति, स्थायित्व, विकास र समृद्धि ल्याउने नेताको पक्षमा म उभिएको हूँ, सत्ताका लागि जे मन लाग्छ त्यो गर्नु राम्रो होइन, प्रचण्ड सत्ताको खेलमा लाग्नुभयो, ओली देश बनाउने अभियानमा हुनुहुन्छ, त्यसैले ओलीलाई साथ दियौं’– सियारामको भनाइ छ ।

जनताले आफूहरुको पार्टीलाई भन्दा पनि व्यक्तिगत छविलाई भोट दिएको उहाँले बताउनुभयो । रौतहटकै भएपनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जिल्लाका लागि केही नगर्नुभएको सियारामको भनाइ छ ।

तर वर्तमान मन्त्री प्रभु साहले धेरै काम गर्नुभएको सियारामले बताउनुभयो । जनतामा कसको लोकप्रियता कति छ भन्ने जाँच्नका लागि प्रभु साहसँग चुनाव लड्न प्रचण्डलाई उहाँले चुनौती समेत दिनुभयो । ‘प्रचण्डजी आएर लडेपनि प्रभु साहलाई हराउन त्यति सजिलो छैन, त्यति विश्वास जितेको मान्छे हो उहाँ’ – सियारामले भन्नुभयो । मन्त्रीका लागि पटक–पटक नाम आउँदापनि प्रचण्ड र माधवले प्रभु साहको नाम काटिदिनुभएको सियारामको आरोप छ ।

कम्युनिष्ट गठबन्धनलाई जनताले अनुमोदन गरेका भन्दै उहाँले गठबन्धन टुट्दा जनतालाई धोका भएको बताउनुभयो । लगाम नभएको घोडाजस्तै गरेर प्रचण्ड हिँडेपछि पार्टीमा समस्या देखिएको उहाँको ठहर छ । ‘मान्छेले उचालेकै भरमा, सत्ताकै लोभमा प्रचण्ड कुद्नुभयो र त आज यो दिन आयो’ – सियाराम भन्नुहुन्छ ।

प्रधानमन्त्री ओलीलाई पाँच वर्ष नै सरकार चलाउन दिएर अघि बढेको भए राम्रो हुने सियारामले बताउनुभयो । ‘दुई वर्ष बाँकी थियो, ओलीलाई खुरुखुरु काम गर्न दिनुभएको भए हुन्थ्यो, त्यसपछि प्रचण्ड प्रधानमन्त्री भइहाल्नुहुन्थ्यो नि तर उहाँले अवसर गुमाउनुभयो’ – सियाराम भन्नुहुन्छ । दुई वर्ष कुर्न नसकेर देशलाई राजनीतिक अस्थिरतातर्फ धकेलेर प्रचण्डले गलत गर्नुभएको सियारामले बताउनुभयो ।

गणतन्त्रको गीत गाएर जनतालाई भ्रममा नपार्न पनि प्रचण्डलाई सियारामले सुझाव दिनुभयो । उहाँले भन्नुभयो – ‘तपाईं एक्लैले गणतन्त्र ल्याएको होइन, त्यसमा हामीजस्ता धेरै नेताहरुको भूमिका छ भन्ने पनि हेक्का राख्नुस् ।

साभार : pathivara

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!