Wednesday, May 12www.babalkhabar.com : For your kind information
Shadow

अमिक शेरचनले प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफू यस कारणा खुसी भएको भनी यस्तो खुलासा गरे

२१ वैशाख, पोखरा अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन्

आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी मुरीमुरी धन्यवाद राष्ट्रपति ज्यूलाई

उनले भने, ‘पहिला ओली जी पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो पछि पार्टीको निर्णयसुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमापुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो सो पदमा एमाले नेता सीतापौडेललाई नियुक्त गरिएको

आफू पदमुक्त भएको जानकारी मिडियामार्फत् पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकीर गरे

प्रदेश प्रमुख भएर १८ महिना दिनसम्म काम गरेको जानकारी दिँदै शेरचनले यो अवधिमा सबैको सहयोग सम्मान पाएको बताए

Copy right online khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!