Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले काङ्ग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सम्बन्धि यस्तो निष्कर्ष

नेपाली कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने भन्दै कांग्रेसले नयाँ सरकार बनाउने निर्णय गरेको हो।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील रहने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए।

राष्ट्रपतिले दलहरूलाई नयाँ सरकार बनाउन दिएको समय अझै रहेकोले पहल गर्ने निर्णय कांग्रेसको भनाइ छ। राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन बिहीबारसम्म दलहरूलाई समय दिएकी छन्।

नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाले साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निश्कर्ष छ।

‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल बनाउने भनेका थियौं असफल हुनुभयो,’ उनले भने, ‘अब हामी जसपालगायत दलको सहयोगमा नयाँ सरकार बनाउन लाग्छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएकोले स्वभाविक रूपमा प्रतिपक्षी दल कांग्रेसले सरकार बनाउन पहल गर्ने उनले बताए।

कांग्रेस पदाधिकारी बैठकअघि आज सभापति देउवाले प्रचण्ड र उपेन्द्र यादवसँग छलफल गरेका थिए। जसपाका अध्यक्ष महन्थ ठाकुर भने देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने पक्षमा देखिएका छैनन्।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीको विपक्षमा १२४ मत आएको थियो। जबकी बहुमत पुग्न १३६ मत चाहिन्थ्यो। जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए।

साभार : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!