Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

कोरोनाको कारण नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु हुदा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

२८ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!