Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध सरकारले लम्ब्यो, कहिलेसम्म पुर्‍याइयो?हेर्नुहोस्।

काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थपिएको छ । १७ जेठसम्म लम्बिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस्तो जानकारी गराएको छ ।

जानकारी अनुसार यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो । उक्त प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो ।

यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् ।

साभार : purbeli news

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!