Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

सर्वोच्च अदालत विरुद्ध-सर्वोच्च अदालतमै रिट…

काठमाडौं । कोरोना भाइरसविरुद्धको औषधि, खोप र स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायलाई विपक्षी बनाई दायर गरेको उक्त रिट सर्वोच्चका
रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् । वरिष्ठ अधिवक्ता भण्डारीले कोभिड–१९ नियन्त्रणसँग सम्बन्धित औषधि, खोप एवं स्वास्थ्य सामग्री खरिद र वितरणका क्रममा भएको
कालोबजारी, कमिसन लेनदेन र भ्रष्टाचारका विषयमा छानबिन गर्न डा. दवारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्री र डा. गोविन्द केसीजस्ता निष्कलंकित, निडर र सक्षम व्यक्ति रहेको
नागरिक आयोग सर्वोच्च अदालतबाटै गठन गरिदिन पनि माग गर्दै रिट दिएका थिए ।
सर्वोच्चका रजिस्ट्रार पन्थीले छानबिन समिति गठन गर्ने विषय अदालतको अधिकार क्षेत्रमा नपर्ने भन्दै दरपीठ गरिदिएका हुन् ।
वरिष्ठ अधिवक्ता भण्डारीले उक्त दरपीठविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दिएका छन् ।

 

साभार:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!