Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

कोरोना को कारण ले नेपाली चलचित्र उद्योग १० वर्ष पछाडी धकेलियो……

चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले नेपाली चलचित्र पुरानै अवस्थामा फर्किन १० बर्ष लाग्ने विश्लेषण सुनाएका छन् ।
कोरोना कहर भन्दा अगाडिको अवस्थामा नेपाली चलचित्र फर्किन १० बर्ष लाग्ने र सो समयसम्म चलचित्र क्षेत्र जटिल अवस्थामा गुज्रिने बताए ।
उनले भने–‘नेपाली चलचित्र क्षेत्रमा बर्षेनी सय चलचित्र बन्थे । यसमध्ये ८० प्रतिशत भन्दा बढी चलचित्र नयाँ निर्माताले बनाउँदै आएका थिए ।
सो समयमा एउटा लहर थियो । सोही लहरमा निर्माताले चलचित्रमा लगानी गरे । तर, अब यो लहर ध्वस्त भएको छ । कोरोना कहर सकिएर पुरानै अवस्थामा माहोल फर्किएपनि चलचित्र क्षेत्र फर्किदैन ।’
अशोकले पुराना निर्माताले समय राम्रो नभएसम्म चलचित्र नबनाउने र नयाँ निर्माताले एकैचोटी सय चलचित्र नबनाउने पनि बताए । उनले भने–‘कोरोना कहर सकिएपछि विस्तारै चलचित्र बन्न थाल्छ ।
तर, एकैपटक सय चलचित्र बन्दैन, जुन पहिला बन्थ्यो । यसका लागि १० बर्ष समय लाग्छ । हामी, कोरोना कारण करिब १० बर्ष पछि धकेलिएका छौं भन्ने मेरो विश्लेषण हो ।

उनले – लकडाउनयता दुई दर्जन हल बन्द भएको बताए । उनि अगाडी थप्छन काठमाडौ को नाम चलेको हलहरु पनि सधैका लागि बन्द भै सकेका का छन् ।
मोफसलका धेरै सिंगल हल पनि बन्द भएका छन् । यस्तै अवस्था अझै केही समय रहेको खण्डमा मल्टिप्लेक्सहरु पनि बन्द हुने अवस्था आउँछ ।

 

 

साभार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!