Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

गण्डकी प्रदेश सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गर्ने तयारी गरेकोछ….

गण्डकी प्रदेश /कास्की — राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार
गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
पार्टीको ह्रवीपलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।
उनका अनुसार सांसद थापाले पार्टी केन्द्रीय कार्यालयलाई स्पष्टीकरण दिन लागेका छन् । पार्टीले उनलाई एक घण्टाको समय दिएको छ । पार्टीभित्र नियम, विधि, विधान हुन्छ, उनले भने,
नियममा नचल्ने जोकोहीलाई पनि पार्टीले कारबाही गर्छ । जनमोर्चाले अहिलेसम्म बेइमान गरेको थिएन । पहिलोपटक ठूलो दुर्घटना भयो ।

राजमो बोलेपछि गर्छ- भन्ने जुन अडान थियो त्यसमा दाग लागेको उनको भनाइ थियो । पार्टीको निर्देशनअनुसार सचेतक पियारी थापाले सोमबार हस्ताक्षर गर्न ह्रवीप जारी गरेकी थिइन् ।
पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरिसकेका छन् । गण्डकीमा निर्णायक भूमिकामा रहेका राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था रहेको छ ।
गठबन्धनलाई सहयोग गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् । भट्टकै नेतृत्वमा दुई दिन बसेको वैठकमा सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

अविश्वासको प्रस्ताव संसद्बाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्रीको पदबाट पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका
लागि दलहरुलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् । नयाँ सरकार गठनको लागि गठबन्धनलाई ३१ जनाको हस्ताक्षर पुर्‍याउनुपर्छ । गण्डकीमा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना छन् ।
तीन दिनभित्र विपक्षी दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् ।
गठबन्धनले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गर्नेछिन् । यसरी मुख्यमन्त्री बन्दा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अगाडि बढाएको छ । थापालाई राजमोले कारबाही गरे बहुमतका लागि ३० जनाको हस्ताक्षर आवश्यक पर्छ ।
तत्काल पार्टीले कारबाही गरेपछि सभामुखले सूचना जारी गरे मुख्यमन्त्रीमा आज कृष्णचन्द नेपालीले नै सपथ लिने सम्भावना रहेको कांग्रेस सांसद कुमार खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!