Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

बुटवल कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि बिमारीको आइसियुमा नै मृत्यु….

रुपन्देही/- रुपन्देहीको बुटवलस्थित बुटवल उपमहानगर पालिका तथा लुम्बिनी प्रदेश ले संचालन गरेको बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ ।
अस्पतालको आइसियु कक्षमा उपचाररत बिरामीको मृत्यु भएको सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराए ।
मृत्यु हुनेमा १ महिला र ४ पुरुष छन् । अक्सिजनको अभावमा २९, ५२, ५४, ४४ र ५२ वर्षीय संक्रमितको मृत्यु भएको उनले जानकारी गराए ।
स्वास्थ्य मन्त्रालय, निर्देशनालय, उपमहानगरपालीका जताततै जानकारी गरायौं, उनले भने, १० वटा सिलिन्डर ल्याएका छौं, त्यसपछि के हुन्छ थाहा छैन ।
अब अक्सिजन नआए अस्पतालमा रहेका सबै बिरामीको ज्यान जोखिममा रहेको भन्दै उनले यसअघि पनि पटकपटक जानकारी गराउँदै आइसियु र
एचडीयुमा जसोतसो व्यवस्थापन गरिए पनि अहिले स्थिति नियन्त्रण बाहिर गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!