Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

२४ घण्टामा देशभरमा १६८ जना कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमित संख्या एक लाख बढी …

नेपालमा कोरोना संक्रमितको संख्या बुधबार ९ हजार ३०५ थपिएको छ । पछिल्लो २४ घण्टामा देशभरमा १६८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका संक्रमितमध्ये सबै भन्दा बढी काठमाडौंका ३,२५० जना, ललितपुरका ४४८ जना र भक्तपुरका २२६ जना रहेका छन् । यसरी बुधबार उपत्यकामा कुल तीन हजार ९२४ जनामा संक्रमण पुष्टि भएको हो । बाकी उपत्यका बाहिर विभिन्न स्थान बाट रहेको जानकारी गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत एक दिनमा कोरोना मुक्त हुने चार हजार ४४४ जना रहेका छन् । यसैगरी २० हजार ३६२ पीसीआर परीक्षण र ४२४ एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर विधिबाट नौ हजार २३८ र एन्टिजेन विधिबाट ६७ जनामा कोभिड १९ पुष्टि भएको हो । हाल देशभरमा कुल एक लाख एक हजार ६३४ जनामा संक्रमण सक्रिय रहेको छ । संस्थागत आइसोलेसनमा सात हजार २९१ जना र होम आइसोलेसनमा हुनेको संख्या ९४ हजार ३४३ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैगरी एक दिनमा क्वारेन्टिनमा हुनेको संख्या ५१७ , आईसीयूमा हुनेको एक हजार २४१ मध्ये भेन्टिलेटरमा २८५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!