Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

उपत्यका भित्रका अस्पताललाई अक्सिजन सिलिण्डरको कोटा तोकियो, कुनलाई कति ? सूची सहित

कोरोना भाइरसका संक्रमित बढिरहेको अवस्थामा अक्सिजन अभाव हुन नदिन उद्योग मन्त्रालयका सह–सचिव प्रेम श्रेष्ठको संयोजकत्वमा टाक्स फोर्स बनेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रालयका सह–सचिव प्रेम श्रेष्ठको संयोजकत्वमा बनाएको हो, टाक्स फोर्सले अहिले काठमाडौँ उपत्यकालाई केन्द्रमा राखेर काम गरिरहेको छ । उपत्यका बाहिर भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले काम गर्ने र संक्रमितको चाप काठमाडौँ उपत्यकामा बढी रहेकले उपत्यकालाई केन्द्रमा राखेर काम गरिएको टाक्स फोर्सका संयोजक एवम् उद्योग मन्त्रालयका सह–सचिव श्रेष्ठ बताउँछन् ।

टाक्स फोर्सका संयोजक श्रेष्ठका अनुसार अहिले कोभिड संक्रमितको उपचार भईरहेका अस्पतालका लागि अक्सिजनको कोटा तोकिएको छ । गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयका अधिकारीहरु सहित प्रधानमन्त्री कार्यालयका सचिव बसेर भएको छलफलपछि कोटा तोकिएको हो । अस्पतालमा भएका बेड संख्या, आई.सी.यू बेड, भेन्टिलेटरको उपलब्धता, बिरामीको चाप र उद्योगको उत्पादन क्षमता अनुसार कोटा तोकिएको छ, संयोजक श्रेष्ठले भने, ‘बजारमा रहेका सिलिण्डरहरु आएपछि कुन अस्पतालमा कति अक्सिजन आवश्यक छ भन्ने अध्ययन गरेर कोटा तोकिएको हो, उद्योगले क्षमता बढाएर उत्पादन थालिसकेकाले अब कोटा पनि क्रमशः बढ्दै जान्छ ।

अस्पतालले पाउने कोटा र आपूर्तिकर्ता को बिवरण :-

 

 

 

 

 

 

 

 

 


उपत्यका बाहिर भने सम्बन्धित जिल्लाको डीसीसीएमसी मार्फत नै अक्सिजनको माग अनुसार आपुर्ति गर्ने व्यवस्था मिलाईएको छ ।
यदि कुनै स्थानीय तहले अक्सिजन माग गरेमा त्यो माग डीसीसीएमसीले नै पूरा गर्ने हो, उनले भने ।

सीसीएमसीले बनाएको टाक्स फोर्सले अहिलेसम्म सिलिण्डर भएसम्म भर्न नपाएको भन्ने गुनासो नआएको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!