Sunday, June 13www.babalkhabar.com : For your kind information
Shadow

बुटवलमा अक्सिजनको चरम अभाव पछि सिमरा र चितवनबाट हेलिकोप्टरमा ल्याइयो अक्सिजन

बुटवलमा चरम अभाव भएपछि सिमरा र चितवनबाट नेपाली सेनाको हेलिकोप्टरमा अक्सिजन ल्याइएको छ । अक्सिजनको अभावमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुन थालेको अवस्थामा बुधबार साँझ हेलिकोप्टरमा नेपाली सेनाले अक्सिजन ल्याइएको हो ।

सिमरा र चितवनबाट हेलिकोप्टरमा ४० सिलिन्डर अक्सिजन ल्याइएको छ । बुटवल कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि बिमारीको आइसियुमा नै मृत्यु  https://babalkhabar.com/archives/17274 भएको थियो ।

समयमा अक्सिजन आपूर्ति नहुँदा रुपन्देही र नवलपरासीका बिरामीको ज्यान गएको उनले बताए । रुपन्देहीका चार र नवलपरासी बर्दघाटका एक बिरामीको मृत्यु भएको थियो ।

रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् । ती उद्योगले दैनिक ११ सय सिलिन्डर उत्पादन गर्छन् । तर, दैनिक माग २१ सय ५० रहेको जिल्ला जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए ।

रुपन्देहीमा करिब एक दर्जन अस्पताल छन् । तीमध्ये सरकारी दुईवटा र निजी तीनवटा गरी पाँचवटा कोभिड अस्पताल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!