Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

युरोकप विजेताले कति पाउछ पुरस्कार राशि ? हेर्नुहोस्।

काठमाडौँ । युरोपियन फुटबलको महाकुम्भ युरोकप आउदो शुक्रबार राति अर्थात जुन १२ देखि शुरु हुदै छ । यस पटकको युरोपकप युरोपका विभिन्न ११ शहरमा आयोजना हुदै छ ।

यस युरोकपको पहिलो खेल शुक्रबार राति नेपाली समय अनुसार १२:४५ मा टर्की र इटालीबीच हुने छ ।

हरेक चार बर्षमा हुने यो प्रतियोगिता गतबर्ष नै हुनुपर्नेमा कोरोना महामारीका कारण यस बर्ष हुदै छ ।

यस बर्ष भाग लिने २४ टिमलाई हरेक समुहमा चार-चार देशको हिसाबले ६ समुहमा विभाजन गरिएको छ । हरेक समुहका विजेता र उपविजेता टिम गरि १२ टिम तथा तेस्रो स्थानमा रहेका ६ टिमका उत्कृष्ट चार टिमसहित गरेर १६ टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
दोस्रो चरणमा १६ टिम बीच नकआउटका आधारमा खेल हुने छ । प्रतियोगिताको फाइनल खेल जुलाई ११ मा लण्डनमा हुने छ ।

पुरस्कार राशी कति छ ?
युरोकपमा सहभगी हुने सबै २४ टिम हरेकले ९.२५ मिलियन युरो अर्थात करिब एक अर्ब ३१ करोड नेपाली रुपैयाँ पाउने छन् । फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसनले युरोकपमा सहभागी हुने हरेक टिमलाई यो रकम दिने घोषणा गरेको छ ।

यसरी युइएफएले युरोकपमा सहभागी भएर विजयी हुने टिमले ३४ मिलियन डलर अर्थात करिब ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।

युइएफएले सहभागी हुने हरेक २४ टिमलाई ९.२५ मिलियन युरो, समुह चरण खेल्ने हरेक देशलाई खेल जितेमा थप १.५ मिलियन र बराबरी खेलेमा ७ लाख ५० हजार युरो दिने भएको छ ।

त्यस्तै अन्तिम १६ मा पुग्ने हरेक टिमले २ मिलियन थप पाउने छन् । त्यस्तै क्वाटरफाइनलमा पुग्ने हरेक टिमले ३.२५ मिलियन युरो पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने चार टिमले थप ५ मिलियन युरो पाउने छन् । त्यस्तै उपाधि जित्ने टिमले १० मिलियन युरो र उपविजेताले ७ मिलियन युरो पाउने युइएफएले घोषणा गरको छ ।

यसरी उपाधि जित्ने टिमले कुल ३४ मिलियन अर्थात ४ अर्ब ८४ करोड १५ लाख रुपैयाँ पुरस्कार राशि पाउने छ ।

त्यस्तै युइएफएले चार बर्षको साइकलमा कुल ७७५ मिलियन युरो अर्थात करिब एक खर्ब ९ अर्ब रकम पुरस्कारमा खर्च गर्दै छ । भने यस युरोकपमा ३७१ मिलियन खर्च गर्दै छ ।

(यस समाचारमा पुरस्कार रकममा यस अघि अन्यथा भएकोले सच्याइएको छ- सम्पादक)

साभार : खरिबोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!