Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

गण्डकी प्रदेशमा मुख्यमन्त्री नेपाली र अन्य मनाङेसहित ४ मन्त्रीले लिए सपथ,पाए यि मन्त्रालय पूरा हेर्नुहोस्।

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथ लिएका छन् । उनले प्रदेश प्रमुख सीता पौडेलसँग सपथ लिएका हुन् ।आजै नवनियुक्त ४ मन्त्रीले पनि सपथ लिएका छन् । सबैले विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मन्त्री नियुक्त भएकामा स्वतन्त्र सांसद दिपक मनाङे पनि छन् । एक महिनाबीच उनी तेस्रोपटक मन्त्री बनेका छन् ।आज सपथ लिने मन्त्रीहरुमा काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ र जसपाका हरिशरण आचार्य छन् ।

सरकारको दाबीबाट एमाले नेता पृथ्वी सुब्बा गुरुङ पछाडि हट्नुमा माधव नेपाल पक्षले दिएको चेतावनी कारक मानिएको छ।गण्डकी प्रदेशका नेपाल पक्षका एक मात्र सांसद इन्द्रलाल सापकोटाले प्रदेश सभा विघटनतर्फ गए आफ्नो समर्थन नरहने र विद्रोह गर्ने चेतावनी गुरुङलाई दिएका थिए।

गुरुङ आफू सत्ताबाट हट्नुपर्ने अवस्थामा सभा नै विघटन गर्ने मनस्थितिमा पुगिसकेको गाइँगुइ चलिरहेको थियो। यहीबीच माधव पक्षका सांसदले गुरुङमाथि दबाब बढाएका थिए।

‘मैले विश्वासको मत लिँदा पनि तपाईंलाई समर्थन जनाएकै हो, विघटनको बाटोमा लाग्नुभयो भने साथ दिन सक्दिनँ,’ सापकोटाले गुरुङलाई भनेका थिए, ‘प्रदेश सभा विघटन भयो भने तपाईंकै हाइट पनि घट्छ, असंवैधानिक पनि हुने भएकाले यस्तो बाटोमा नजानुस्, जानु भयो भने म विद्रोह गर्छु।’

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा दाबी गर्न दिएको समय सकिएर विपक्षी गठबन्धन सडकमा धर्ना बसिरहेका बेला सापकोटाले मुख्यमन्त्रीलाई आफ्नो धारणा बताएका थिए। उनले एमाले गण्डकीका संसदीय दलका मुख्य सचेतक मायनाथ अधिकारीलाई पनि उक्त जानकारी दिएको बताए।

‘केन्द्रमा जे भए पनि यहाँ मैले मुख्यमन्त्रीलाई साथ दिएकै हो, कहीं कतै अब्जेक्सन गरेको छैन,’ सापकोटाले सेतोपाटीलाई भने, ‘विघटनको बाटोमा जान नदिन मैले आफ्नो पोजिसन भन्नैपर्‍यो।’

प्रदेश सभा विघटन भए विपक्षी गठबन्धनसँगै आफू पनि आन्दोलनमा जान बाध्य हुने उनले बताएका थिए।उक्त अडानमा आफूसहित चार जना एमाले सांसद रहेको दाबी गरे। सापकोटासँग उक्त अडानमा यसअघि ओली पक्षका सांसद मानिएका रोशन गाहा मगर र महेन्द्र थकाली पनि रहेको उनले बताए।सेतोपाति

साभार : Devisthan News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!