Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

युरोकप शुरु हुनुअघि रोनाल्डोले आफ्ना फ्यानहरुलाई दिए यस्तो अभिव्यक्तिले फ्यानहरुमा छायो खुशीयाली

युरोकपको उद्घाटन खेलमा इटाली र टर्कीबीच प्रति’स्पर्धा हुँदैछ। विश्वजिेता देशहरुको वर्चश्व रहेको युरोकपको उपाधि दाबेदारका रुपमा पोर्चुगललाई पनि लिइएको छ।

पोर्चुगलले आफ्नो पहिलो खेलमा मंगलबार हंगेरीको सा’मना गर्दैछ। युरोपक शुरु हुनुअघि रोनाल्डाले आफ्ना तथा पोर्चुगलका फ्यानहरुलाई सन्देश दिएका छन्।

‘म सन् २००४ मा जति वा सोभन्दा धेरै उत्प्रेरित छु,’ उनले भनेका छन्, ‘टोली उत्प्रेरित र महत्त्वकांक्षी छ। पोर्चुगिज फ्यानहरुले त्यस्तै अपेक्ष गर्न सक्छन्।’

‘खेलहरु राम्रो हुनेछन् भन्नेमा हामी सकरात्मक छौं। कप्तान राम्रो हुनुहुन्छ। म पनि टिमका सहकर्मी र प्रशिक्षकको टोलीसँग राम्रो मेहेनत गरिरहेको छु,’ रोनाल्डोले भने।

‘खेलहरु सम्भव भएसम्म उत्कृष्ट हुनेछन्। हाम्राे तयारी पुरा भइसकेको छ। अब मैदानमा खेल शुरु हुन मात्र बाँकी छ। हंगेरीविरुद्ध जित निकाल्दै हामी पोर्चुगललाई सुखद् शुरुवात दिलाउन चाहन्छौं,’ अन्तरवार्तामा रोनाल्डोले भनेका छन्।

यो पनि                                                               घरेलु मैदान पार्कन स्टेडियममा शनिबार राती भएको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको हो ।

फिनल्यान्डका लागि जोइल पोजेनपालोले खेलको ६० औँ मिनेटमा हेड गोल गरेका हुन् । पहिलो हाफमा गोल हुन नसकेको खेलमा डेनमार्कका कप्तान एरिक्सन ग’म्भीर घा’इते भएका थिए । उनको होस नखुल्दा खेल स्थगित गरिएको थियो ।

तर अस्पताल पुर्याएर थप उपचार सुरु गरेपछि उनको होस खुलेपछि खेल फेरि सुचारु गरिएको थियो । डेनमार्कका महत्वपूर्ण खेलाडी मिडफिल्डर एरिक्सन नभएको फाइदा उठाउँदै फिनल्यान्ड गोल गर्न सफल भयो । आफ्ना कप्तान ग’म्भीर घा’इते हुँदा स्तब्ध बनेको घरेलु मैदानमा डेनमार्कका खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् ।

खेल बराबरी गर्ने मौका पाएको डेनमार्कले पेनाल्टी समेत खेर फाल्यो । ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा डेनमार्कका पिर्रे इमिले होज्बजर्ग गोल गर्न असफल रहे । जसकारण डेनमार्क पहिलो खेलमै पराजित हुन पुग्यो भने आफ्ना महत्वपूर्ण खेलाडीको चोटमा स्तब्ध बन्यो ।

झण्डै मैदानमै मृत्युको मुखमा पुगेका एरिक्सनको अस्पतालमा होस खुलेपछि विश्वभरका खेलप्रेमीले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

साभार : swadeshanepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!