Thursday, August 5www.babalkhabar.com : For your kind information
Shadow

डेनमार्क र फिनल्याण्ड बिचको पहिलो खेलमा घट्यो यस्तो अप्रिय घ’टना ! खेलाडीको रुवावासी, खेल स्थगित

काठमाडौं, जेठ २९ : युरोकप अन्तर्गत आजको दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित भएको छ। खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढ’लेपछि खेल स्थगित गरिएको हो। आफ्ना कप्तान मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा रू;वाबासी च;लेको छ।

पहिलो हाफको ४३ औं मिनेटमा गोलरहित बराबरी अवस्थामा खेल रहेको बेला एक्कासफ एरिक्सन बे’होस भएर मैदानमा ढ’लेका थिए। मैदानमा लडेर अ’चेत भएपछि रेफ्रीले तत्काल स्वा’स्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै ए’क्का’सी ढ’लेका एरिक्सनलाई मैदानमा स्वा’स्थ्य टोलीले सिपिआर (का’र्डि’यो प’ल्मोन’री रि’ससि’टेसन) पनि दिएका थिए ।

झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रे’चरमा मैदान बाहिर लगिएको थियो । उनलाई हृद’यघा’त भएको अनुमान गरिएको छ । खेल डेनमार्कको पार्केन स्टेडियममा चलिरहेको थियो। यूईएफएले मेडि’कल इम’रजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाए

यो पनि
काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत दोस्रो खेलमा निर्धारित ९० मिनेटको खेलसकिन १६ मिनेट बाँकी रहँदा किफर मुरेले गरेको गोलसँगै स्वीटजरल्यान्डविरुद्ध वेल्स हारबाट जोगिएको छ। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह ‘ए’को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा स्विट्जरल्यान्डले ४९औं मिनेटमा शकिरीले कर्नरमार्फत गरेको क्रसमा ब्रिल इम्बोलोले हेडरमार्फत् गोल गर्दै स्वीजरल्याण्डले अग्रता लिएको थियो। तर खेलको ७४औं मिनेटमा वेल्सका स्ट्राइकर किफर मुरले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। जो मोरेलको क्रसमा मुरले हेडर गोल गर्दा वेल्स खेलमा फर्किएको थियो।

खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त गोललाई रद्द गरेको थियो । बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।

साभार : मेरो खेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!