Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

माछा स्वादका लागि मात्रै होइन, यी कुरा पाउन माछा अति उत्तम सोचे भन्दा फलदाई

जब स्वास्थ्यको प्रसंग आउँछ, जान्नेबुझ्नेहरु भन्छन्, ‘मासुजन्य परिकार भन्दा शाकाहार परिकार ठीक हुन्छ ।’ अझ कतिपय रोगमा त रातो मासुलाई बन्देज नै गरिन्छ । तर, माछामा भने यस्तो भेद छैन । यो धेरै गुणकारी हुन्छ, शारीरिक र मानसिक स्वस्थ्यका लागि । बच्चाको मस्तिष्क विकास गर्न होस् वा गर्भावस्थमा स्वस्थ्य रहन नै, माछाको सेवन उपयोगी मानिन्छ ।
कसरी ? : माछा ओमेगा-३ फ्याटी एसिडको एकदमै राम्रो स्रोत हो । यो स्वस्थ शरीर, मानसिक विकास तथा स्वस्थ्य मुटुका लागि लाभदायक मानिन्छ । माछा प्रोटिनयुक्त हुनुका साथै यसमा चिल्लोपना कम हुन्छ । स्वस्थ्य शरीरको लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व माछामा पाइन्छ । त्यसैले, हप्तामा दुई दिन माछाको सेवन पनि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।
के-के छ त फाइदा ? : मुटुका लागि लाभदायक– माछामा पाइने पैटी एसिड मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २/३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ । डिप्रशन कम गर्छ- माछालाई ओमेगाा ३ फैटी एसिडको मुख्य स्रोत मानिन्छ । ओमगा ३ ले डिपे्रशन कम गर्छ मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यतिमाज्ञ हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।
दममा लाभदायक– यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुको लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ । आँखाको दृष्टि कायम राख्छ– एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।
निद्रा जगाउँछ –जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, उसकेा लागि माछाको सेवन निकै लाभदायक मानिन्छ । यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ । छाला तथा कपालको लागि लाभदायक- लो फैटका कारण सबैभन्दा हानी तपाईकेा छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ। माछामा पाइने ओमेगा- ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!