Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

उहिलै यसरी पर्थ्यो लभ – भैरव रिसालको रमाइलो कुरा सब चकित

प्रेम गर्ने हो या प्रेम हुने भन्ने दुई किसिमको हुन्छ । अरुको लागि गरेको प्रेम अल्पकालीन खालको हुन्छ । जबर्जस्ती गरेको प्रेम अल्पकालीन हुन्छ । आफैंमा भएको प्रेम दीर्घकालीन हुन्छ । हाम्रो समयमा मागी, प्रेम र भागी विवाहको प्रचलन थियो । अहिलेपनि त्यही तीन विवाह पद्धति नै चलिरहेको छ । मेरो बिचारमा मागी विवाहको तुलनामा भागी र प्रेम विवाहहरु कमजोर हुनुको कारण पनि त्यही हो । प्रेम विवाहमा धेरैले प्रेम देखाउनको लागि गर्छन् । मानिसलाई तत्काल परिणाम चाहिन्छ । तर, मागी विवाहमा विवाह पछिको प्रेम हुन्छ । त्यसमा दीर्घकालीन प्रेमको विजारोपण हुन्छ ।
प्रेमकाबीच शंका र बेमेल : हाम्रो बीचमा प्रगाढ रुपमा प्रेम त थियो नै । त्यत्तिकै शंका र बेमेल पनि कहिलेकाहीँ एकअर्काको मनमा आउने गर्दथ्यो । दुबै जवान थियौं । एउटाले अर्काेलाई हेर्दा पनि शंका गर्न मन लागि हाल्थ्यो । हामी त्यत्तिकुरालाई लिएर पनि सामान्य मनमुटाव गरिरन्थ्यौं । यो नै प्रेमलाई प्रगाढ बनाउने बाटो थियो । जतिबेला हामीले एक अर्कालाई केही पनि कुरा नढाँट्ने प्रतिबद्धता व्यक्त गर्‍यौं । त्यो बेलामा एक अर्काप्रतिको शंकाले पनि चरम बिन्दु टेकेको थियो । तर, बिस्तारै त्यो शंका विश्वासमा परिणत हुन थाल्यो । दुबैले मिलेर एकले अर्कालाई बुझ्ने प्रयासमा लाग्न थालियो । एक पटक त हामीहरु यही शंकाका कारणले पनि बोलचाल समेत गर्न छाड्यौं । पछि छोराछोरीले मिलाए ।
हाम्रो अर्काे प्रतिबद्धता थियो सुख दुखसँगै बिताउने । लिम्पियाधुरामा जनगणना गर्न जाँदाको कुरा हो । साउन महिनाको २५ गते मैले श्रीमतीलाई पनि लिएर गएँ । त्यो बर्खे भेलमा कैयौं नदीहरुको भेलसँग जोगिँदै हामीहरुले काम फत्ते गरेर फर्कियौं । पछि जेल पर्दा त दुख बाँड्न सकिएन । तर, अरु समयमा हामीले दुबैको दुखलाई एकअर्काले बुझ्ने प्रयास गर्ने गरेका छौं । मेरो बिचारमा एकले अर्कालाई ढाँट्यो भने सच्चा श्रीमान् श्रीमती कोही पनि हुन सक्दैनन् । मैले पनि उमेरमा केही उट्पट्याङ काम गरेको कुरा निडर भएर श्रीमतीलाई सुनाएँ । त्यसले समस्याभन्दा पनि हाम्रो सम्बन्धलाई झनै प्रगाढ बनाउन मद्दत पुर्‍यायो ।
कस्तो गर्ने प्रेम ? : प्रेमको सवालमा दुईवटा धार हुन्छ । एउटा हुन्छ अध्यात्मिक प्रेम अर्काे गैर अध्यात्मिक प्रेम हुन्छ । अध्यात्मिक प्रेममा मायापि्रती र जिन्दगीको कुरा जोडिएको हुन्छ भने गैर आध्यात्मिक प्रेममा क्षणिक सुख र लालसा भेटिन्छ । त्यसैले प्रेम वास्तवमै राम्रो र शुद्ध हृदयले गर्ने हो भने यसमा फल प्राप्ति ढिलो हुन्छ । तर, यो दीर्घकालीन हुन्छ भन्ने मेरो बुझाई हो ।
आजका बुहारीसँगको प्रेम : प्रेमी र प्रेमीकाबीचको प्रेमले मात्रै पनि समाजमा सहज जीवनशैली अपनाउन सकिँदैन । अहिलेका पढेका मानिसहरुलाई घरधन्दामा मात्रै सीमित गराउनु पनि जायज होइन र त्यो सम्भव पनि छैन । त्यसैले पनि यसको सकारात्मक व्यवस्थापन पनि प्रेम जीवन लामो समयसम्म टिकाईराख्ने एउटा कारण बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!