Thursday, September 23www.babalkhabar.com : For your kind information
Shadow

करणिको आरोप लगाएर आफैले जेल पठाएका युवक सँग फेरी किन गरिन् बिबाह !

वास्तवमा प्रेम यदि कसैले गरेको छ भने कसैले पनि छुटाउन सक्दैन भन्ने उदाहरण यि युवतीले दिएकी छन् । सानै उमेरमा ट्युशन पढ्न जाँदा एक युवकलाई मन पराइन् । दुवैले एक अर्कालाई माया गरेर विवाह पनि गरे ।

उनीहरु भा गे र विवाह गरेका थिए । तर किशोरीको उमेर १८ वर्ष पुगेको थिएन । किशोरीका परिवारले विवाह छुटाए । त्यती मात्र होइन युवकलाई कर णी को आरोप लगाएर जे ल पठाए। उनले ५ महिना जे ल पनि भोगे । त्यती बेला केटीको उमेर १६ वर्ष मात्र थियो । ति किशोरी उनै युवकलाई माया गर्थिन ।

तर किशोरीका बुवाले त्यो केटालाई माया गरिस् भने मेरो मुख देख्न पाउने छैनस् भनेर चेतावनी दिए । सानो उमेर भएकाले किशोरीले त्यती बेला केही गर्न सकिनन्। तर जब उनको उमेर १८ वर्षको भयो युवकलाई जे ल वाट छुटाएर उनैसंग विवाह गरेकी छन्। यो घटना यूपीको अलीगढमा भएको हो ।

प्रेमीले उच्च अदालतबाट जमानत पाए पछि पनि किशोरीसंग भेट हुन सकेन । युवक मु द्दा का लागि अदालत धाइरहे । तर किशोरी १८ वर्ष पुगीन् उनी आफै न्यायाधीसको अगाडी उपस्थित भएर आफुहरु प्रेममा रहेको र उनै युवकसंग विवाह गर्न चाहेको कुरा सुनाइन् । परिवारका सदस्यले युवकलाई जे ल पठाएको भन्दै उनले आफुले भने उनलाई प्रेम गर्ने बताइन्। उनले मु द्दा फिर्ता लिइन् र युवकलाई मन्दिरमा लिएर गएर धुमधामले विवाह गरिन् । युवतीका परिवार विवाहका लागि राजि थिएनन् त्यसैले उनले विवाहमा खतरा हुने ठानेर मुख्यमन्त्री, प्रहरी प्रमुख लगायत सबैलाइ त्यसवारे खबर पठाइन् ।

प्रेमिकाले मंगलबार श्री वार्ष्णे मन्दिरमा हिन्दू रीतिथिति अनुसार विवाह गरिन्। तीन वर्ष अघि पञ्चनगरी निवासी खुशी पाठक ट्युशनमा जान्थिन् । त्यहाँ उनले जयगंजका निवासी वरुणलाई मन पराइन् । बरुण पनि खुसीलाई माया गर्थे । दुबैको प्रेम बढ्यो, तर खुशीको परिवारका सदस्यहरूलाई यो प्रेम मन परेन । उनीहरुको विवाहमा वकील, मन्दिरका पुजारीहरू र वरुणका बुबा अरविन्द उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!