Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

अफगानिस्तान कब्जा गरेलगत्तै तालिबानले भारतलाई दियो यस्तो कडा चेतावनी

काठमाडौँ । तालिवानको कब्जामा गइसकेका अफगानिस्तानका प्रान्तहरुमा विभिन्न देशहरुले कन्सुलेट कार्यालय बन्द गरेका छन्, त्यहाँबाट उनीहरुले आफ्ना कर्मचारीलाई बाहिर निकालिरहेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भारतले पनि यस्तै गरिरहेको छ । तर, भारतलाई अफगानिस्तानमा सैन्य हस्तक्षेप नगर्न तालिवानले चुनौति दिएको छ । यद्यपी, विकास–निर्माणमा भारतले गरेका कामको तालिवानले प्रशंसा गरेको छ । ‘सैन्य भूमिकाको अर्थ के हो ? यदी उनीहरु अफगानिस्तानमा सैनिकसहित उपस्थिती जनाउन आए भने त्यो राम्रो हुँदैन भन्ने लाग्छ ।उनीहरुले अफगानिस्तानमा अन्य देशको सैन्य उपस्थितीको नतिजा देखिसकेका छन् । यो उनीहरुका लागि खुला किताबसरह हो । अफगानिस्तानका जनता वा राष्ट्रिय परियोजनामा उनीहरुले गरेको सहयोग भने तारिफयोग्य छ,’ कतार बस्ने तालिवानका प्रवक्तामध्येका एक सुहाइल साहिनले भने,‘अफगानी जनताका लागि उनीहरुले बनाइदिएका ड्याम, राष्ट्रिय परियोजना, भौतिक पूर्वाधार र अफगानी जनताको आर्थिक समृद्धी तथा विकासका लागि उनीहरुले गरेको योगदानको हामी कदर गर्छ

अर्को खबर

३२ साउन । अफगानिस्तानको काबुल एयरपोर्टमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेलगत्तै काबुल छाड्नेको भिड अनियन्त्रित भएपछि गोली चलेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गोली चल्दा मृत्यु भएका ५ जनाको शव तत्काल निकालिएको थियो । काबुलको एयरपोर्टमा विमान चढ्नेको भीड छ । भीड बढेर अनियन्त्रित भएपछि कतिपय उडान रद्ध गरिएका छन् । काबुल एयरपोर्टमा अमेरिकाको नियन्त्रण रहेको छ । भिड अनियन्त्रित भएपछि त्यहाँ अमेरिकी सेनाले काबुल एयरपोर्टमा गोली चलाउदा, पाँच जनाको मृत्यु भएको छ।
आइतबार तालवानले अफुगानिस्तानको राजधानी काबुल पसेर सिंगो देशमा नियन्त्रणको घोषणा गरेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

by : Nepal 24 Times

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!