Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

आईपिओ भर्ने हरुका लागि खुसीको खबर, केही दिनमै ६२ करोडको आईपिओ आउदै ! हेर्नुहोस

पहिले भिडियो हेर्नुस,

एकपछि अर्काे गर्दै बिभिन्न आईपीओहरु आईरहेकै छन् ।

ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले
६२ करोड ५० लाखको सेयर निष्काशनको तयारी गरेको छ ।

यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत
सर्वसाधारणले पाउने छन् । याे प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारका लागि ठूलाे अवसर पनि हाे ।

३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५
हजार कित्ता शेयर सर्वधारणका लागि निस्काशन गर्न लागिएको हो ।

आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३
प्रभावित क्षेत्रमा पर्छ । त्यस्तै रामेछापतर्फको गोकुल गंगा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको भुजी र
सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा सूचिकृत छ ।

यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरुले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ ।
लक्ष्मी क्यापीटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता
सेयरकर्मचारीका लागि छुट्याइने छ । साभार गरियको खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!