Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

लामो समयपछि ‘सुपर डांसर 4’ मा देखिइन शिल्पा , चल्यो रुवाबासी!

लामो समयपछि ‘सुपर डांसर 4’ मा फर्किइन शिल्पा शेट्टी, चल्यो रुवाबासी! भिडियो ,

बलिउड अभिनेत्री शिल्पा शेट्टी लामो समयदेखि चर्चामा आइरहेकी छिन् ।

पति राज कुन्द्रा पक्राउ परेपछि सोशल मिडियामा उनि र उनको परिवारको निकै ट्रोल भएको थियो। त्यसपछि शिल्पाले
सोशल मिडियामार्फत एक पोस्ट गरेर मानिसहरुसंग उनलाई गोपनियता दिन आग्रह गरेकी थिइन्।

१९ जुलाईमा मुम्बई पुलिसले पोनोग्राफी मामिलामा राज कुन्द्रालाई पक्राउ गरिएको थियो। जसपछि यस केससंग जोडिएको थुप्रै कुरा
बाहिर आयेको थियो। पति राज कुन्द्रा गिरफ्तार भएपछि शिल्पा शेट्टीले आफ्नो कामबाट ब्रेक लिएकी थिइन्। र हाल करिब
हप्ता पछि अभिनेत्री शिल्पा फेरी आफ्नो काममा फर्किएकी छिन्।

डान्स रियालिटी शो ‘सुपर डांसर 4’ मा शिल्पा फेरी जजको रुपमा देखिने छिन्। खबरअनुसार उनि अब फिनालेसम्म यस शोसंग
जोडिनेछिन्। ‘सुपर डांसर 4’ को शुरुवात २०१६ सालमा भएको थियो। त्यतिबेला देखि नै शिल्पा यस शोमा छिन्। उनले यस
शोबाट ब्रेक लिएको यो पहिलो पटक थियो।

केहि मिडिया रिपोर्टको अनुसार जब शिल्पा शोमा फर्किईन तब उनका सबै कंटेस्टेंट र शोसंग जोडिएका मानिसहरुले खुसि हुदै भव्य
स्वागत गर्दै उनलाई घेरेका थिए। त्यसपछि शिल्पा निकै भावुक बनेकी थिइन्। त्यस्तै यसै शोकी जज गिता कपूर पनि निकै भावुक
हुदै शिल्पालाई स्वागत गरेकी थिइन्। जससंगै टिमका बाकी सबैजना निकै इमोशनल भएका थिए। साभार बिगुल न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!