Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

अफगानी पूर्व सञ्चार मन्त्री जर्मनीमा पिजा डिलेभरीको काम गर्छन्

काठमाडौ । अफगानिस्तानको अवस्था अहिले निक्कै जटिल अवस्थामा छ । त्यहाँका निवर्तमान राष्ट्रपति अशरफ गनी अरबी मुलुकमा शरण लिइरहेका छन् ।
उनी भागेर त्यहाँ पुग्नुपरेको छ । देश नराम्राका हातमा पुग्यो भने के भोग्नुपर्छ भन्ने यो युगको एक ज्वलन्त चित्र हो यो ।
नागरिकहरु देशबाट भाग्न विमानका चक्का पक्रिएर भाग्न खोजिरहेका छन् । त्यस्तै पूर्व अफगानी मन्त्री शैयद अहमद शदात जर्मनीमा पिजा डिलेभरीको काम गर्दै छन् ।
अफगानिस्तानका पूर्व सञ्चार तथा प्रविधि मन्त्री शैयद अहमद शदातको फोटो अहिले ट्विटरमा अल जजिरा अरबियाद्वारा हालिएको छ जहाँ उनलाई पिजा डिलेभरीको लुगामा देख्न सकिन्छ । शदातले २०२० मा अफगानिस्तान छाडेर जर्मन पसेका थिए ।
पूर्वमन्त्री शदातले प्रविधीमा स्नातकोत्तर अनि प्रतिष्ठित अक्स्फोर्ड युनिभर्सिटीबाट एलेक्ट्रोनिक इन्जिनियरिङमा पनि स्नातकोत्तर गरेका छन् ।
तरपनि उनी जीवन धान्नका लागि यो काम गरिरहेको बताइएको छ । आफ्नो देश छोड्नुपर्ने अवस्था आएपछि आफ्नो योग्यता अनुसारको काम पाउन गाह्रो भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!