Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

क’सैलाई माया गर्नु हुन्छ ? गर्नुहुन्छ भने एकपटक अ’वस्य पढ्नुहोला

मैले उसलाई आरआर क्या’म्पसको गेटमै उन्नती बुक हाउस अगाडि पहिलोपटक भेटेको थिएँ।

एक्कासी ठोक्किँदा ‘साले’ भन्दै उसले मलाई एक थप्पड लगाएकी थिई।

एक अन्जान छोरीमान्छेबाट बिना गल्ती थ’प्पड खाँदा म लाज र रिस दुवैले रातोपिरो भएपनि केही नभएझैँ ‘सरी’ भनेर क्याम्पस गेटभित्र छिरेको थिएँ।

आज फर्केर हेर्दा त्यस दिन सरी भनेकोमा नमज्जा लाग्छ। सायद बिना गल्ती मागिएका माफीहरुमा मानिस सधैं पछुतो मान्छ। तर आज पनि त्यो कुरा भन्न सक्दिनँ उसँग। हुन त आजकल ऊ मेरो साथी हो।

संसार अनौठो छ, कुनै दिनमा दुश्मनजस्तो भेषमा भेटिएकाहरु अर्को दिन साथीको रुपमा कायापलट हुन्छन्। मेरो हकमा पनि त्यही भयो। थप्पड खाएकै दिन ऊ मेरो साथी बन्न पुगी।

त्यो दिन ०७३ सालको कुनै एक बिहान थियो। म पत्रकारितामा मास्टर्स गर्छु भनेर पूर्वी नेपालबाट काठमाडौँ छिरेको थिएँ। मलाई लाग्थ्यो म केही नभएपनि नेपालको नाम चलेको पत्रिकाको पत्रकार अवश्य बन्नेछु।

त्यो सायद पहिलो सेमेस्टरको पहिलो क्लास थियो, मलाई गेटमै ठूलो झड्का मिलिसकेको थियो। मास्टर्स पढ्दा स्कुलमा झैँ हाजिर गर्ने चलन रहेछ।

सरले हाजिर गर्न सुरु गर्नुभयो र एकछिनपछि मेरो नाम माधब पौडेल भनेर बोलाउनु भयो। ‘एस सर’ भनेलगत्तै अर्को नाम सुनेँ ‘प्रेमिका गुरुङ।’ नाम अनौठो लाग्यो, हाँसउठ्ने खालको। को रहेछ भनेर फर्केर हेर्दा मलाई थप्पड हान्ने पो रहिछ। मलाई उकुसमुकुस भयो, अरु सबै विस्तारै मुस्कुराए म भने सिधा हेर्न पनि सकिनँ।

क्लास सिद्धेपछि सुरुआती कक्षा भएर होला हामी अपरिचितहरु एकअर्कासँग परिचित हुने क्रममा थियौं। एक्कासी हात अगाडि बढाएर ‘हेल्लो, म प्रेमिका गुरुङ’ भनी। अन्कनाउँदै हात अगाडि बढाउँदै भनेँ ‘म माधब पौडेल।’ त्यसपछि मलाई लाग्यो उसले थप्पड हानेपनि मेरो अनुहार भने याद रहेनछ। म एकमानेमा खुसी भएँ।

विस्तारै हामी साथी त भयौं तर मैले पहिलो भेटमै ऊबाट थप्पड खाएको कुरा कहिल्यै भनिनँ। सायद ऊ अरु छोरीमान्छे जस्तो भएको भए भन्थें होला तर ऊ मुडी थिई। भनेँ भने मैले उस्लाई जानाजान धक्का लगाएको थिएँ कि भनेर फेरि थप्पड हान्न पनि सक्थी। साँच्चै भन्दा मलाई ऊ देखेर डर लाग्थ्यो, अहिले पनि लाग्छ।

उसको नाम प्रेमिका भएपनि ऊ मैले कल्पना गर्ने सपनाकी परीजस्ती प्रेमिका थिइन। खासमा भन्दा उसलाई कसैले प्रेमिका भनेर बोलाएको पनि मन पर्दैनथ्यो। हामी उसलाई प्रेम भन्थेउँ। उसले मलाई दोस्रो भेटमै भनेकी थिई ‘डन्ट कल मि प्रेमिका, प्रेमभन्दा हुन्छ।’

मैले एक आज्ञाकारी छात्रले झै हस् भनेको थिएँ। ऊ अनौठी थिई। उसका केटीभन्दा केटा साथी बढी थिए। ऊ हाम्रो बोइज ग्याङको एकमात्र महिला सदस्य थिई। पढाइको लागि हामी दिनहुँ भेट्नुपर्ने बाध्यता थियो। कहिले ग्रुप प्रे’जेन्टेसन, कहिले ग्रुप असाइनमेन्ट। रोल नम्बरसँगै भएकाले हामी प्रायः सधैँ एकै ग्रुपमा पर्थ्यौं।

ऊसँग आ’कर्षित हुनुपर्ने त्यस्तो केही थिएन, न ऊ मैले सोचेजस्तो प्रेमिका हुन लायक थिई न श्रीमती नै। तर पनि हाम्रो बोइज ग्रुपको एकमात्र भिटो पावर उसैको चल्थ्यो। ऊ हामीमाथि हाबी हुन्थी। हामी ऊ समक्ष नतमस्तक। ऊ मलाई माधु भन्थी। किन(किन मलाई माधु भनेको मन पर्दैन थियो। र पनि ऊ जसरी ‘मलाई माधु होइन माधब भन’ भन्न कहिल्यै सक्दिन थिएँ।

उसको नाम जस्तै उसका आदतहरु पनि अजिबोगरिब थिए। कहिले काहीँ ऊ पढ्थी मात्र, कहिले काहीँ घुम्थी मात्र। मलाई भन्ने गर्थी( ‘थाहा छ माधु, आइ ह्याब हिउज क्रस अन लाइब्रेरियन। आइ लभ दिस प्रोफेसन।’ उसका अनुसार उसका पहिलो प्रेमी पनि स्कुलका लाइब्रेरियन थिए। केही नबोली सुने पनि मलाई उसको प्रेम जीवनसँग कुनै चासो थिएन।

त्यसैले हुनसक्छ ऊ हाम्रो कलेज नजिकै रहेको ब्रिटिस लाइब्रेरी लगातार जाने गर्थी। हुन त ऊ पुस्तक पसल पनि त्यतिकै जान्थी। मैले एकपटक सोधेको थिएँ, ‘तिम्रो क्रस लाइब्रेरियन होइन, पुस्तक पसले पो होकिरु’ उसले हाँसेर भनेकी थिइ ‘हु नोज१’ मेरो र किताबको सम्बन्ध अनौठो थियो र छ पनि। म पास हुन मात्र पढ्थेँ।

ठिक उल्टो ऊ पढेकै कारण फेल हुन्छु भन्ने थाहा भएर पनि पढ्थी। म कहिलेकाहीँ सोध्थे, ‘किन तिमी यस्ता अनौठा किताब पढ्छ्यौ ऊ भन्थी, ‘किनकि म पनि अनौठी छु।’ म पहिलो पटक मण्डला बुक हाउस उसँगै गएको थिएँ। म उसले किनेका किताबहरु हेर्थें मात्र, छुने आँट पनि गर्न सक्दैनथें। तर उसँग हिँड्नुको मेरो आफ्नै स्वार्थ थियो।

म उसँग अं’ग्रेजी सिक्न चाहन्थें। यो कुरा उस्लाई पनि थाहा थियो। ऊ मलाई भन्ने गर्थी, ‘यू नो माधु, इफ यूउ रियल्ली वान्ट टु इ’म्प्रुभ योर इङ्लिस, यू सुड रिड इङ्लिस फिक्सन।’ म सदाझैँ मुन्टो हल्लाउँथें तर अंग्रेजी आख्यान पढ्ने साहस कहिल्यै जुटाउन सकिनँ। उसको संगतले म टुटेको अंग्रेजी बोल्न भने सक्ने भएको थिएँ।

दिनहरु यसरी नै बित्दै थिएँ। मलाई थाहा पनि थिएन मैले आफ्नो अंग्रेजी कतिको सुधारें तर विस्तारै म उसलाई चाहन थालेको थिएँ। तर पनि छोरोमान्छे हुनुको इगोले मलाई कहिल्यै छोडेन। उसको अगाडि म आफूलाई एकदमै सानो र निरीह सम्झन्थें। म आफ्नै वृत्तको सानो बिन्दु आफ्नै निरीहपनमा गाँजिएको थिएँ।

तर उसको संसार उस्ले पढ्ने आख्यान झैँ फराकिलो थियो। ऊ त सपनामा झै यर्थाथमा पनि उड्न सक्थी। म त सपनामा पनि उसको फराकिलोपन देखेर निसासिन्थें। उसले मलाई एकपटक भनेकी थिई, ‘माधु, तिमी आफूलाई यति धेरै नबाँध, समटाइम्स आइ फाइन्ड यू सो कोल्ड१’ त्यो दिन मसँग उसलाई दिने उत्तर पनि थिएन।

उसका लागि अल्बट कामू, मुराकामी र रुमी महान् लेखक थिए। मैले त उनीहरुको नाम पनि उसैको नामबाट सुनेको थिएँ। कहिलेकाहीँ लाग्थ्यो मलाई ऊ किन मनपर्यो१ किनकि ऊ राम्री छरु अहँ१ होइन। ऊ समझदार छरु त्यो पनि होइन। ऊ मलाई माया गर्छेरु त्यो पनि होइन। उसलाई चाहनुको मसँग कुनै कारण थिएन। म बिनाकारण उसलाई चाहन्थें।

दुई वर्षपछि हामीले चौथो सेमेस्टरको इग्जाम सिध्यायौँ। इग्जाम भ्याउनेबित्तिकै ऊ अन्नपूर्ण बेसक्याम्पको ट्रेकिङमा निस्की। म आफ्नो सपनाको अन्तिम ग’न्तब्य भनौँ कुनै एउटा नामचलेको पत्रिकामा जागिरे भएँ। साँच्चै भन्दा पत्रकार भएँ। हाम्रा भेट्नुपर्ने बाध्यताहरु विस्तारै कम हुँदै गए। यदाकदा लाग्छ जीवन भनेको यी नै बा’ध्यताहरुको बहिखाता हो।

म उसलाई चाहन्थें तर कुन रुपमा चाहन्थें मसँग कुनै परिभाषा थिएन। म गन्तब्य विहीन यात्री झैँ बिना गन्तब्यको प्रेममा थिएँ। ऊ ट्रेकिङबाट फर्केपछि हामी अन्तिमपटक बानेश्वरको एक बेकरी क्याफेमा भेटेका थियौं। भेटमा उसले भनेकी थिई, ‘यू नो माधु, अब म दुई वर्ष आफ्नै गाउँमा बिताउन चाहन्छु, केटाकेटीलाई पढाउने धोको छ।’

मलाई थाहा थियो उसको गाँउ प्र’सिद्ध डाक्टर उपेन्द्र देवकोटाको गाउँपारिको थियो। म गएको भने थिइनँ। त्यसबखत म हाँसे मात्र, जाऊ नजाऊ केही भनिनँ। भने पनि ऊ सदाझैँ भन्न सक्थी, मेरो जिन्दगी मेरो रोजाइ। उसले फेरि भनी, ‘तर मलाई एउटा स’मस्या छ, मलाई गुरुङ भाषा आउँदैन। गुरुङ गाउँमा गुरुङ भाषा नजानी पढाउन सकूँला त१’

ऊ द्विविधामा थिई तर उसँग पढाउँछु भन्ने अनौठो सपना थियो। त्यो दिन एकअर्कालाई अल द बेस्ट भन्दै हामी बिदा भयौँ। म आफ्नै काममा व्यस्त हुन थालें, ऊ आफ्नै। स’म्बन्ध भनेको त समयको दासी रहेछ। उसका यादहरु र ऊप्रतिको लगाब विस्तारै मबाट धूमिल हुँदै छन्। वि’स्तारै फोन कलहरु पातलिँदै गए। ऊ फेसबुक र टुइटर सबैबाट टाढा भई।

ऊ हिँडेपछि म आफूलाई होचो कहिल्यै देखिनँ। तीन वर्ष बितेछ। म केही लेख्न चाहन्थें। उसँग टाढा भएका यी पछिल्ला तीन वर्षभन्दा उसँगै बिताएका दुई वर्ष मलाई प्रि’य लाग्छ। ऊ मेरो जीवनमा अनौठोसँग आइ र अनौठोसँग बिदा भई। साँच्चै भन्दा ऊ प्रेम भएर आइ र प्रेमिका भएर बिदा भई। नि’र्जला अधिकारी सेतोपाटीबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!