Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो)

भिडियो हेर्न तल थिच्नुस,

नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् ।

उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् ।

आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

उनले सकेसम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न सक्दिन । यो खबर ताजा खबरबाट साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!