Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

ज्योतिषले ‘यो भन्दा राम्रो पोइ पाउँछेस’ भन्दिए, श्रीमतीले घरै छोडेर हिंडीन् (भिडियो हेर्नुस्)

पुरा खबर,

तपाईले हात हेर्ने ज्योतिषको भविष्यवाणीलाई विश्वास गर्नुहुन्छ ?

कतिले विश्वास गर्दैनन् होला तर यहाँ एक जना पुरुषको भने ज्योतिषले गरेको भविष्यवाणीकै कारण घरवार भताभुंग भएको छ ।

ज्योतिषले अझै राम्रो श्रीमान पाउँछेस् भनेकै आधारमा श्रीमतीले घर छोडेर हिडिन् भन्दै श्रीमानले आरोप लगाएका छन् । उनी नेपाली मुलका भारतीय नागरिक हुन् । आफ्नो नाम नारायण थापा बताउने उनी नेपाली युवतीको प्रेममा परे ।

उनले आफ्ना बुवा आमालाई पनि मैले नेपालकी युवती मन पराए अब उनैसंग विवाह गर्छु भनेर सुनाए । तर उनी नेपाल आएर अलपत्र परेका छन् । श्रीमती हराएपछि पनि पर्खाइमै नेपालमै बसेका छन् । यो घटना सुर्खेतको भेरीगंगा १२ छिन्चुमा भएको हो ।

भारतमा नेपाली युवती (पुष्पा बादी) संग विवाह गरे । उनी अब नेपालमै बस्ने भनेर पुष्पाकै साथ लागेर सुर्खेत आए । सुर्खेतमै उनले आफ्नो पैसा खर्च गरेर पुष्पाको नाममै घर बनाए । सबै सम्पत्ती पुष्पाकै नाममा गराइदिए ।

आफु भारतीय भएका कारण आफ्नो नाममा सम्पत्ती गराउन मिलेन । आसामको गुहाटीमा नारायणको घर हो । आमा बुवा र एक जना बहिनी घरमा छन् । उनी दिल्लीमा काम गर्दा पुष्पासंग भेट भएको थियो ।

आफु भारतीय नागरिक भएकै कारण न्याय पनि नपाएको बताउँछन् । श्रीमती पनि सम्पर्क विहिन भइन् भने उनका माइतीले पनि घरवाट निकालेका छन् ।

श्रीमतीको पहिला नै विवाह गरेर सन्तान पनि जन्मिएको आफुले थाहा पाएको बताए । उनी आफ्नो पहिलाको श्रीमानवाट जन्मिएको छोरी ज्वाईसंग गएको बताएका छन् । “>भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!