Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

पति-पत्नीको एउटै राशि छ ? यी राशिको हुन्छ उत्कृष्ट जोडी, यी राशीको खराब !

पहिले यो भिडियो हेर्नुस,

ज्योतिषमा कुल १२ राशि हुने गर्दछन्। सबै राशिको ग्रह स्वामी अलग अलग हुन्छन्। यिनैका आधारमा पनि मानिसको स्वभावका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जानिराखौँ यदी समान राशि हुने व्यक्तिले विवाह गर्दा उनीहरुको वैवाहिक जीवन कस्तो हुने गर्दछ।

मेष र मेषः ग्रह स्वामी मंगल
मेष राशिका व्यक्ति मेहनती हुने गर्दछन्। यदी यस्ता व्यक्तिले समान राशि भएका व्यक्तिसँग विवाह गर्दा सुखमय हुने गर्दछ।

वृष र वृषः ग्रह स्वामी शुक्र
यी दुई राशिको वैवाहिक जीवन प्रेममय हुने गर्दछ। यिनीहरुको विवाहपनि जीवन सुखमय रहन्छ।

मिथुन र मिथुनः ग्रह स्वामी बुध
यस राशिका व्यक्ति शान्त र चिन्तित रहने गर्दछन्। यदी यी दुई राशिका व्यक्तिले विवाह गर्दा जीवन सुखमय हुने गर्दछ।

कर्कट र कर्कटः ग्रह स्वामी चन्द्र
यदी यी दुई राशिका व्यक्तिले विवाह गरेमा बीच-बीचमा वाद विवाद भइरहन्छ र चिन्ता बढ्ने गर्दछ।

सिंह र सिंहः ग्रह स्वामी सूर्य
यस राशिका पति पत्नीबीच कहिले काही विवाद हुने गर्दछ, तर सामान्यतया जीवन सुखमय हुने गर्दछ।

कन्या र कन्याः ग्रह स्वामी बुध
यदी कन्या राशिका पति पत्नी छन् भने जीवनमा मनमुटाव भइरहन्छ। असन्तुष्टी भाव पैदा हुने गर्दछ।

तुला र तुलाः ग्रह स्वामी शुक्र
यदी पति पत्नीकै राशि तुला छ भने वैवाहिक जीवन सुखमय रहन्छ।

वृश्विक र वृश्विकः ग्रह स्वामी मंगल
वृश्विक राशि हुने पति पत्नीबीच विवाद चरम हुने गर्दछ। चिन्ता र तनावको सामना गर्नु पर्दछ।

धनु र धनुः ग्रह स्वामी गुरु
पति पत्नीकै धनु राशि छ भने जीवन सुखमय हुने गर्दछ।

मकर र मकरः ग्रह स्वामी शनि
मकर राशि हुने दम्पत्तिको जीवन सुखमय र सफल रहने गर्दछ।

कुम्भ र कुम्भः ग्रह स्वामी शनि
कुम्भ राशि हुने व्यक्ति निकै मेहनती हुने गर्दछन्। यस्ता राशि हुने पति पत्नीको जीवन आनन्दमय रहने गर्दछ।

मीन-मीन: ग्रह स्वामी गुरु, मिन राशि हुने दम्पतीको जीवन सुखमय रहन्छ। यो खबर नयाँपुस्ताबाट साभार गरियको हो । यस्तै यो पनि पति पत्नीबीच बेलाबेलामा झगडा पनि हुन्छ भने प्रेमपनि हुने गर्दछ।

शिष्टाचार र व्यवहारले सम्बन्धमा निकै गहिरो प्रभाव पार्दछ।
कयौँ समय पति पत्नीबीच सानो सानो कुरामा झगडा तथा मन मुटाव यति धेरै बढ्छ की सम्बन्धमा दरार आउन समय लाग्दैन।

आफ्नो सहपाटीको सानो कुरामा पनि रिसाउनु, बहाना बनाउने बानी हुनुले सम्बन्धमा खट्पट आउन थाल्दछ। यदी तपाईको सहकर्मी पनि सानो सानो कुरामा रिसाउने गर्दछन् भने सबै भन्दा पहिले तपाईले त्यस्तो व्यवहार देखाउनुको पछाडिको कारण जान्न आवश्यक छ। त्यसको समाधान निकाल्न सक्नु भएन भने कुनै ज्योतिषका उपाय अप्नाउनु उत्तर रहन्छ।

ज्योतिषका अनुसार गुरु ग्रहको विवाहका कारण ग्रह मानिने गरिन्छ। विवाहको स्थान, जन्म पत्रिकाको सप्तम स्थान हुने गर्दछ। कुण्डलीमा यसको स्थान यदी सूर्य, गुरु, राहु, मंगल, शनि जस्ता ग्रह भएका वा यी स्थानमा यिनको दृष्टी भएमा वैवाहिक जीवन सुखी हुन सक्दैन्।सप्तम स्थानमा सूर्य हुनु निश्चित सम्बन्ध विच्छेदको कारण हो। त्यही कुण्डलीमा गुरु कमजोर भएमा पनि विवाहसँग सम्बन्धीत समस्याको समाधान गर्नु पर्दछ।

यी उपाय अप्नाउनुहोस् – शिव लिं,गको पुजाः पति पत्नीले आफ्नो झगडाबाट बच्नका लागि सोमबार एकसाथ भगवान् शिवको पुजा आरधना गर्नु भएमा तपाईको सम्बन्धमा सुधार आउन सक्छ। सिन्दुरको डिब्बा पति सुत्ने ठाउँमा राख्नेः यदी पती पत्नीबीच झगडा भइरहन्छ भने पत्नीले पतिलाई नसोधेर पति सुत्ने ओछ्यानको मुनी सिन्दुरको डिब्बा राखिदिनु पर्दछ

त्यसपछि बिहान उठेर उक्त डिब्बाको सिन्दुर लगाउने गर्यो भने पनि तपाईको कुण्डलीको दोष मेटिन सक्छ। सूर्यलाई जल चढाउनेः विवाहित जोडिले हरेक बिहान सुर्यलाई जल चढाउने गर्यो भने पनि तपाईबीच हुने गरेको झगडा प्रेममा परिनत हुन थाल्दछ। गौमती चक्रः यति तपाई पति पत्नीबीच प्रेम बढाउन चाहनुहुन्छ भने तपाईले लगाउने गरेको सिन्दुरको डिब्बामा एउटा गौमती चक्र राख्नु पर्दछ। किनकी उक्त चक्रलाई शुभ मानिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!