Thursday, December 2www.babalkhabar.com : For your kind information
Shadow

यी हुन धेरै पारिश्रमिक लिने ५ नेपाली नायिका: कसको पारिश्रमिक कती ?

काठमान्डौ।

पछिल्लो समय नेपाली नायिकाहरूको पनि पारिश्रमिकको चर्चा हुने गरेको छ । यसैक्रममा हामीले केहि नायिकाहरूको पारिश्रमिकबारे चर्चा गरेका छाैँ । हेर्नुस यो भिडियो,

पुजा शर्माःनायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् ।

यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएको चर्चा चलेको थियो ।

स्वस्तिमा खड्काः पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का । उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् ।उनीले अभिनय गरेका चलचित्रमा

‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट छन् । स्रोतका अनुसार उनले १०- १२ लाख पारिश्रमिक लिन थालेकी छिन् ।

प्रियंका कार्कीः पछिलो समय नै चर्चामा आएकी नायिका हुन् प्रियंका । उनले अभिनय गरेका चलचित्र ‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ‘ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस ‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन् ।

स्रोतकाअनुसार उनले प्रति फिल्म ९- १० लाख पारिश्रमिक लिइरहेकी छन् । तर पछिल्लो समय भने मुख्य भूमिकामा उनको डिमान्ड कम हुदै गएको छ ।

नम्रता श्रेष्ठः नम्रताले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

सम्रागी राज्यलक्ष्मी शाहः चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’,

‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् ।सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५-१६ लाख पारिश्रमिक लिएकी छिन् । यस्तै यो पनि पढनुस भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ वर्तमान समयमा टेलिभिजनको सफल रियालिटी शो मानिन्छ ।

यो शोले दर्शक माझ एआर रहमान, जया प्रदा, आनन्दजी, जितेन्द्र, एकता कपूर, धर्मेन्द्र, हेमा मालिनी, रेखा र नीतू कपूर लगायतका सेलिब्रेटी उपस्थित गराइसकेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार शोका प्रतिष्पर्धीहरु अरुणिता काञ्जीलाल, पवनदीप राजन, सवाई भट्टलगायतले आफ्नो सुरिलो र भावपूर्ण स्वरले कैयौंलाई प्रभावित बनाएका छन् ।

शोका सञ्चालक आदित्यनारायण झा हुन् । शोमा नेहा कक्कड विशाल र हिमेश रेशमिया निर्णायक छन् ।यी निर्णायकको पारिश्रमिकको कुरा गर्ने हो भने नेहाले प्रति एपिसोड सर्वाधिक पारिश्रमिक लिन्छिन् ।

उनी एक एपिसोड वापत ५ लाख रुपैंयाँ लिन्छिन् ।त्यस्तै विशाल ददलानी प्रति एपिसोड साढे चार लाख पारिश्रमिक लिन्छन् ।त्यस्तै हिमेश रेशमिया एक एपिसोडबापत ४ लाख रुपैंयाँ बुझ्छन् । शोका सञ्चालक आदित्य प्रति एपिसोड २ दशमलब ५ लाख रुपैंयाँ लिन्छन् ।

यो पनी पढ्नुहोस्ः यी हुन् निजी विमान भएका बलिउड कलाकारहरू । थाहा पाउनुहोस्

मुम्बई/ बलिउडका केही सेलिब्रेटीहरु आलिशान जीवन जिउनका लागि सिपालु छन् । उनीहरुले जीवनका सम्पूर्ण सुख–शयलहरु अनुभव गरिरहेका छन् । उनीहरु भव्य बंगलामा बसोबास गर्छन् भने लग्जरी कारमा यात्रा गर्छने ।

यतिमात्र होइन, उनीहरु मध्ये केही कलाकारहरुसंग त निजी जेट नै छन् । एउटा शहरबाट अर्को शहरसुम्म जानु पर्दा उनीहरु आफ्नै नीजि जेटमा यात्रा गर्न मन पराउँछन् । आफ्नै निजी जेट भएका केही कलाकारकालाई हामीले यसरी समेटेका छौं ।

प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म आफ्नो परिचय बनाउन सफल अभिनेत्री प्रियंका चोपडासंग निजी जेट छ । उनले उक्त जेटमा आफ्ना साथीहरुसंग रमाइरहेको फोटो पनि शेयर गरेकी छिन् ।

प्रियंका प्राय: अमेरिका–भारत आउने–जाने गरिरहन्छिन् । समय बचाउनका लागि उनी आफ्नै विमानबाट यात्रा गर्न रुचाउँछिन् ।अमिताभ बच्चन बलिउडका महानायक अमिताभ बच्चनको आज पनि थुप्रै प्रशंसक छन् । उनी अहिले पनि पहिले जति नै सक्रिय छन् ।

उनी पनि आफ्नो परिवारसंग बाहिर छुट्टि मनाउन जाँदा आफ्नै विमानमा यात्रा गर्न रुचाउँछन् । उनले आफ्नो विमानमा परिवारहरुसंगको फोटो पनि शेयर गरेका छन् । अक्षय कुमार वर्षमा चार देखि पाँच वटासम्म फिल्ममा काम गर्ने अक्षय कुमार यति धेरै व्यस्त छन् , उनलाई परिवारसंग समय बिताउने समेत फुसर्द नै हुँदैन ।

वर्षमा एक पटक भए पनि अक्षय कुमार आफ्नै विमानमा परिवारसंग छुट्टि मनाउन जान्छन् । यसका साथै फिल्मको प्रमोशनमा जाँदा पनि उनी आफ्नै विमानको प्रयोग गर्छन् ।

शाहरुख खान शाहरुख खानले सन् २०१६ मा एउटा अन्तर्वार्तामा ठट्टा गर्दै भनेका थिए –‘म एउटा प्लेन किन्न चाहन्छु, तर म संग त्यति धेरै पैसा छैन ।’तर किङग खानसंग एउटा त्यस्तो विमान छ, जसले उनको किङ साइज लाइफको बारेमा वयान गर्छ ।

अजय देवगनः अजय देवगन बलिउडका त्यस्ता अभिनेता मध्येका एक हुन्, जो लग्जरी गाडीका शौसिशख छन् । उनका गाडीहरुको कलेक्शनमा बीएमडब्ल्यू जेड४ देखि औडी ए ५ स्पोर्टब्याकसम्म छन् । अजयसंग पनि आफ्नै विमान छ । उनीसंग एयरक्राप्ट सिक्स हकर ८०० छ ।
शिल्पा शेट्टीः शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्रा भव्य जीवन जिउँछन् । उनीहरुको संसारको विभिन्न देशमा सम्पत्ति छ । उनीहरु पनि लामो यात्रामा जान पर्दा आफ्नै विमानको प्रयोग गर्छन् । यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!