Friday, December 3www.babalkhabar.com : For your kind information
Shadow

छोरीसँग बिहे गर्न लागेका ज्वाइँ आफूलाई मन परेपछि आमाले चालिन यस्तो कसैले बिश्वास नगर्ने चाल !

हेर्नुस यो भिडियो,

काठमाडौं। एउटी युवती बेहुली बन्नुभन्दा ठिक अघि त्यतिबेला चकित परिन् जब उनलाई थाहा भयो कि उनकी आमाले पनि उनले बिहे गर्न लागेका युवकसँग प्रेम गर्छिन् ।

युवतीकी आमाले यही कारण छोरीको बिहेमा सहभागी हुन पनि अस्वीकार गरिन् ।

डेलीमेलका अनुसार आफ्नो पहिचान नखुलाइ अस्ट्रेलियाकी एक युवतीले सामाजिक संजालमा आफ्नो दुःख पोखेकी छिन् । युवतीका अनुसार उनको संसार त्यतिबेला तहसनहस भयो जब उनले आफ्नी आमासँग आफ्नो बिहेमा सहभागी नहुनुको कारण सोधिन् ।

युवतीका अनुसार उनकी आमाले उनलाई आफूले पनि त्यही युवकलाई मन पराउने बताइन् जोसँग छोरीले बिहे गर्न लागेकी थिइन् । युवतीका अनुसार उनकी आमाले स्वीकार गरिन् कि उनी आफ्ना हुनेवाला ज्वाइँसँग प्रेम गर्न लागेकी थिइन् । युवतीका अनुसार यो सबै थाहा पाएपछि उनको जीवन बर्बाद भयो ।

युवतीका अनुसार उनकी आमाले उनीसँग यदि छोरीको तिनै युवकसँग बिहे हुने अवस्थामा पनि आफू आफ्नो इच्छाअनुसार चल्ने र छोरीको बिहेमा सहभागी नहुने बताइन् । यो खुलासापछि सामाजिक संजालमा धेरैजसो युजरहरु युवतीकी आमाको विरु’द्ध भएका छन् । उनीहरुले आमाको व्यवहार गल’त भएको बताउँदै उनले कुनै विशेषज्ञसँग उप’चार गराउनुपर्ने बताए ।

युवतीका अनुसार उनका प्रेमीसँग उनी २ वर्ष पहिले भेटेकी थिइन् । युवतीका अनुसार उनीहरुबीच प्रिय सम्बन्ध छ र उनी योभन्दा राम्रो साथीको अपेक्षा गर्न सक्दिनन् ।

युवतीका अनुसार उनी प्रेमी र परिवारका निकट आफन्तसँग पैदल यात्रा र क्याम्पिङमा जान्थिन् । उनका प्रेमी कहिलेकाहीँ उनकी आमासँग टेनिस खेल्थे यही क्रममा उनकी आमाले उनलाई मन पराउन लागेकी थिइन् । यो खबर डिसप् नेपालबाट साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!