Saturday, December 4www.babalkhabar.com : For your kind information
Shadow

१६ वर्षमा पढाइ छोडेका यी व्यक्तिले एक वर्षमै यसरी कमाए ४५० करोड !

भिडियो,

एजेन्सी । कोरोनाले धेरैको व्यापार ध्वस्त भयो तर धेरै मानिसहरु छन् जसको भाग्य रातारात बदलिएको छ ।

इङ्गल्याण्डको लीड्समा बस्ने एक व्यक्तिका लागि कोरोना टर्निङ प्वाइन्ट साबित भयो । महामारीको समयमा पछिल्लो एक वर्षमा, उनले आफ्नो सम्पत्ति ४५ मिलियन पाउन्ड अर्थात् ४५० करोडको आम्दानी बढाए ।

उक्त व्यक्तिको नाम स्टिभ पार्किन हो । १६ वर्षको उमेरमा विद्यालय छाडेका पार्किन करोडपति बने । लीड्स लाइभको रिपोर्टका अनुसार कोरोना अवधिमा सुपरमार्केटहरू खाली थिए, यही कारणले गर्दा मानिसहरु रिटेल किनमेलको सट्टा अनलाइन सपिङतिर लागेका थिए र यसले स्टिभ पार्किनको भाग्य बदल्यो ।

स्टिभ पार्किनले सन् १९९२ मा ‘म्यान विथ अ भ्यान’ नामक अनलाइन रसद वितरण कम्पनी सुरु गरेका थिए । उनको कम्पनीको भाग्य कोरोनाको समयमा चम्कियो ।

उनीसँग अहिले मोटरवेको छेउमा कम्पनीका ठूला गोदामहरू छन् र मार्क्स एन्ड स्पेन्सर, एएसडीए र मोरिसन जस्ता कम्पनीहरूबाट आफ्ना ग्राहकहरूलाई सामान ढुवानी गरिरहेका छन् ।

बिजनेस इनसाइडरका अनुसार स्टिभ पार्किन अहिले योर्कशायरका धनीहरूको सूचीमा दशौं स्थानमा छन् र गत वर्ष उनको सम्पत्ति ४५० करोड रुपैयाँले बढेको छ । कम्पनीले आफ्नो व्यापार ३९।१ प्रतिशतले बढेर करिब ७०० करोड रुपैयाँ पुगेको र जनशक्ति २,००० ले बढेको बताएको छ ।

यसको मतलब पार्किन्स फर्मले १०,००० मानिसहरूलाई रोजगारी दिएको छ । लीड्समा जन्मेका स्टिभ पार्किन एक माछा मार्ने छोरा हुन् र उनले ज्न्ख् ड्राइभिङ इजाजतपत्र प्राप्त गर्नु अघि कुनै पनि योग्यता बिना ज्ञट वर्षको उमेरमा स्कूल छोडेका थिए । उनको पहिलो काम बोनमार्चे कपडा कम्पनीको लागि ड्राइभ गर्नु थियो । यो खबर साभार गरियको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!